गोकर्णेश्वर -३ तारेभिरको पहिरो जोखिमपूर्ण स्थानमा वृक्षारोपण
कपन अनलाइन
काठमाडौं,श्रावण २५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा वृक्षारोपण गरिएको छ । शनिबार तारेभिर महिला समुहको आयोजनामा भएको सो कार्यक्रममा महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीको उपस्थितिमा करिब २५० वटा बिभिन्न प्रजातिका बिरुवा पहिरोको जोखिम रहेको क्षेत्रमा बृक्षारोपण गरिएको कार्यक्रम संयोजक स्थानीय हरिबोल बिष्टले जानकारी गराए ।
हरियाली प्रवर्दन गर्ने र भूक्षयको जोखिम कम गर्ने उदेश्य सहित आयोजना गरिएको सो कार्यक्रममा वडा सदस्य लक्षमण गोले सहित स्वतन्त्र टोल सुधार समितिका पदाधिकारीले समेत सहभागिता जनाएका थिए ।समुदाय प्रहरी साझेदारी अवधारण अन्तर्गत प्रहरीले समुदाय संग मिलेर बिभिन् जनचेतनामूलक कार्यक्रम गर्नुको साथै वृक्षारोपण जस्ता सामाजिक कार्यमा समेत सहभागी हुदै आएको महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले बताए।
कार्कीले वृक्षारोपण पछि पनि वृक्षको संरक्षण गर्न महिला समूह र स्थानियलाई आग्रह गरेका थिए ।स्वच्छ वातावरण का लागि विरुवा आवश्यक रहेकोमा जोड दिदै रोपिएको बिरुवा संरक्षणको दायित्व सबैको भएको हुदा यसमा स्थानियको चासो उत्तिकै हुनु पर्नेमा जोड दिएका थिए ।
तारेभिरमा पहिरोको जोखिम बढी भएको क्षेत्रमा बृक्षारोपण गरि पहिरो रोकथामको प्रयास गरिएको र वगेर जाने माटोलाई नियन्त्रण गर्न बृक्षारोपण गरिएका बिरुवाले सहयोग गर्ने स्थानीय सन्तोष बिष्टले बताए ।