लिबर्टी एकेडेमी गोकर्ण अत्तरखेलमा कक्षा ११ मा अनलाइन दर्ता खुल्यो

लिबर्टी एकेडेमी गोकर्ण अत्तरखेलमा कक्षा ११ मा अनलाइन दर्ता खुल्यो

कपन अनलाइन

काठमाडौं श्रावण २१ ।लिबेर्टी एकेडमी अत्तरखेलमा कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८  अत्तरखेलमा रहेको सो बिद्यालयमा  शैक्षिक शत्रका लागि ,व्यवस्थापन , मानविकी, शिक्षा  ,तथा कानुन संकायमा अनलाइन दर्ता गर्न सकिनेछ।

लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको लिबेर्टी एकेडमीका प्रधानाध्यापक  ओम प्रसाद ढकालले आगामी शैक्षिक वर्षका लागि नाम दर्ताको क्रम शुरु भएको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको जानकारी दिएका छन।नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै प्रधानाध्यापक  ढकालले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।

अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको  बताउदै  यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, अनलाइन मार्फतनै संचालन गरिएको जानकारी  दिए। लामो समयसम्म विदामा बस्दा विद्यार्थीहरुको अध्ययन गर्ने बानीमा कमी आउने हुदा नयाँ रचनात्मक कार्यका साथै आफुमा भएको ज्ञानलाई प्रविधिको माध्यमबाट बृद्धि गर्नको लागि पनि अनलाइन  कक्षा संचालन  गरिरहेको बताए ।

 उनले कोरोना संक्रमण बढीरहेको अवस्थामा दुर दराज र घरमा बसेर तनाव झेलिरहेका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भनेर लिबेर्टी एकेडमीले भर्च्युल माध्यम बाट पनि कक्षा संचालन गरिरहेको स्पष्ट पार्दै  अनलाइन् दर्ता गरे पछि त्यसमा जोडिन सक्ने बताए ।

 

कोरोनाले ल्याएको विश्वब्यापी असरबाट प्रभावित नहुने क्षेत्र सायद कुनै नहोला । विद्यालय, क्याम्पस र विश्वविद्यालय पनि यसको असरबाट टाढिन सकेको छैन । सामाजिक दुरी कायम राख्नुपर्ने यस समयमा कक्षा संचालन गर्नु निकै चुनौतिपूर्ण  रहेको अवस्थामा बिध्यालयले पठन पाठनका  बिभिन्न  माध्यमहरु अवलम्बन गरिरहेको बताउदै सुरक्षात्मक उपाय अपनाई  सामाजिक दुरी कायम गर्दै बिद्यालयको भ्रमण गरि थप जानकारी लिन पनि अभिभावक तथा बिद्यार्थीहरुलाई उनले अनुरोध गरेका छन ।

लिबर्टी एकेडेमीमा कक्षा ११ का लागि भर्ना हुन चाहने बिद्यार्थीहरु लिबर्टी एकेडेमी कलेजमै आएर कलेजका बारेमा जानकारी लिनुको साथ साथै आफ्नो नाम कक्षा ११ को Management, Humanities, Education, Law आदि संकायमा रजिस्टर गर्न सक्नुका साथसाथै अभिभावकहरु र बिद्यार्थीहरुले कलेजकोवेबसाइट (http://libertyacademy.edu.np/frontend-admission)बाटै बिद्यार्थीको विवरण रजिस्टर गर्न र भर्ना पनि गर्न सक्ने उनले बताए |

फोटो :सरोज बस्नेत

https://www.facebook.com/LibertyAcademy.Official/videos/296436904901947/?t=0

तपाइँको प्रतिक्रिया ।