गोदावरी नगरपालिकामा अख्तियारको छापा, प्रमुख कार्यकारी अधिकृत र ओभरसियर नियन्त्रणमा

गोदावरी नगरपालिकामा अख्तियारको छापा, प्रमुख कार्यकारी अधिकृत र ओभरसियर नियन्त्रणमा

कपन अनलाइन

काठमाडौं ,साउन ५।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको दाबी गरेको छ । आयोगले अधिकृत (उपसचिव) कृष्णप्रसाद जैसी र सब-इन्जिनियर किशोर कुमार मोक्तानलाई एक लाख ५० हजार घुससहित नियन्त्रणमा लिएको दाबी गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसी र इन्जिनियर मोक्तानले निर्माणाधीन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएको जानकारी दिनुभयो । दुवै जनालाई कार्यकक्षबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताउनुभयो । गोदावरी नगरपालिकाको कार्यालय वडा नं ११ बज्रवराहीमा रहेको छ ।
सेवाग्राहीले बिल भुक्तानीका लागि अधिकृत र इन्जिनियरले घुस मागेको उजुरी गरेपछि आयोगको टङ्गालस्थित कार्यालयबाट एक टोली परिचालन गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।