म : बिक्रम श्रेष्ठ ‘सागर’(अध्यात्मिक कविता)
कपन अनलाइन
काठमाडौं ,साउन ४।
म पछिको मेरो अस्तित्व कहाँ छ ?
म सँगै झुन्डिएर आएको एउटा नाम छ ।।
म पञ्च महाभूतको परिवेशभित्र छ ।
मलाई गन्तव्यसम्म पुर्याउने नश्वर शरीर छ ।।
म अध्यात्मको मेरो पहिचान हो ।
नश्वर मेरो भौतिक साधन हो ।।
भौतिकबिना अध्यात्म बिलाएको छ ।
अध्यात्मबिना म हराएको छ ।
म बिलाएको अध्यात्म खोजिरहेछ ।
एकपछि अर्को परिवेशमा भित्रिरहेछ ।।
म उनैको कर्मादेशमा भौँतारिरहेछ ।
भौतिक सागरमा म रुमलिरहेछ ।।
म पछिको मेरो अस्तित्व कहाँ छ ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।