गजल : लक्ष्मी ढकाल
कपन अनलाइन
काठमाडौं ,साउन ४।
भिजे पनि मुस्कुराउनु सिरानीले भनेको हो
सँधै अन्धकार हुन्न बिहानीले भनेको हो
सकेसम्म लगाम लाउनु मन अनि शरीरलाई
उन्मादपछि घात पर्ला जवानीले भनेको हो
आउनेलाई सम्मान गर्दै आसनमा राख्दा पनि
सम्मान तोडि बाहिरिन्छन चलानीले भनेको हो
काँक्रोलाई थाङ्ग्रो लायो उही धनी बनिदिन्छ
व्यापार गर्दा विचार गर्नु लगानीले भनेको हो
आकाशकै बाटो गरि जीवनभरि उडे पनि
यही धर्तीमा जल्नुपर्छ खरानीले भनेको हो !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।