ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं २ सिल
कपन अनलाइन
काठमाडौं ,असार ३०।
ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं.२ सिल गरिएको छ असार २६ गते कोरोना भाईरससंक्रमणको पुष्टि भएका लिखु २ का संक्रमित पुरुषको क्षेत्रका १७ घरलाई सिल गरिएको हो ।
कोरोना परीक्षणका लागि स्वाव दिएर घर ल्याईएका उनको २६ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
जिल्ला कमाण्ड पोष्टको बैठकले निर्णय गरि संक्रमित पुरुषको अबस्था गम्भिर रहेकोले उनलाई अक्सिजन ग्यासको व्यबस्था गरि घरमा नै राखेर थप उपचार गर्ने ब्यबस्था गरिएको छ ।
टोलमा सिल गरेपछि सिल गरिएका क्षेत्रका नागरिकहरुलाई वाहिर अन्य स्थानमा जान र अरु स्थानका नागरिकलाई उक्त क्षेत्रमा प्रबेशमा कडाई गर्नुका साथै गाउँपालिकाको नगर प्रहरी र जनपद प्रहरीको सहयोगमा सिल गरिएको क्षेत्रलाई निगरानीमा राखिएको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।