श्री देवी बाल सुधार माबी गोकर्णेश्वर ३ मा बिज्ञान प्रयोगशाला उद्घाटन

श्री देवी बाल सुधार माबी गोकर्णेश्वर ३ मा  बिज्ञान प्रयोगशाला उद्घाटन

कपन अनलाइन

काठमाडौं असार ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको श्री देबी बाल सुधार माध्यमिक बिध्यालयमा आधुनिक बिज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ ।स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगत  प्राप्त दश लाख को लागतमा आधुनिक बिज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।

सोमबार  प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइको प्रमुख आतिथ्यमा भएको उद्घाटन  कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल, नेकपा नगर अध्यक्ष उद्दब बिष्ट  नेकपा नेता गोकुल बिष्ट,  हर्क तामाङ,  बिध्यालय व्यवस्थापन समितिका  कमल बहादुर बिष्ट  पुर्व अध्यक्ष पदाधिकारी सहित बिध्यालयका प्र अ शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष जय राम बिष्ट ले गरेका थिए भने कार्यक्रम संचालन बिध्यालयका बिज्ञान शिक्षक कमल प्रसाद काफ्ले ले गरेका थिए  ।कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक सिताराम गिरिले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए  ।   कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, नगरपालिका शिक्षा शाखा अधिकृत टेकेन्द्र ढकाल,  बिध्यालयका पुर्व अध्यक्ष्य कमल बहादुर बिष्ट ,नेकपा नगर अध्यक्ष एबम बिध्यालयका पुर्व अध्यक्ष उद्दब बिष्ट  गोकुल बिष्ट  , हर्क बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरि बिद्यालयका पुर्व अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिकाका पर्ती जग्गा संरक्षणका  संयोजक  किरण बहादुर बिष्टले बिध्यालयको लागि आवश्यक  पर्ने बिध्यालय नजिकै रहेको पर्ति जग्गा बिध्यालयलाइ भोगचलनका लागि आवश्यक पहल गर्ने प्रतिबद्दता जनाएका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर राइले आयोजकलाइ धन्यबाद दिदै बिध्यालयमा सहयोग गर्न पाउदा खुसि लागेको बताए। उनले आगामी दिनमा पनि बिध्यालयलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले  शैक्षिक गुणस्तर सुधार गर्न  गरेको लगानीलाई खेर जान नदिन निरन्तर अनुगमन  आवश्यक रहेको पनि बताउदै प्रयोगशालाको सही सदुपयोग गर्न पनि अनुरोध गरेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम बिष्टले बिद्यालयको समग्र बिकासको बारेमा जानकारी गराउदै आगामी दिनमा पनि यस्तै सहयोगको आवश्यकता रहेको बताए। बिद्यार्थीले कक्षामा पढेका बिषयलाइ प्रयोगात्मक अभ्यास गरी सिक्ने कार्यमा समस्या नहोस भनेर प्रयोगशाला बनाइएको  बताए ।उनले  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जना एकजुट हुनपर्नेमा जोड दिदै  कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए  ।  उक्त प्रयोगशालाको कार्यक्रमका प्रमुख अतिथि माननीय  प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइले रिवन काटी उद्घाटन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।