वेतको लौरो र बुढीआमा : जीवनआचार्य ‘निश्चल’ (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २७।
खसेको छ
बेतको लौरो
थर्थराएको हातबाट
चौरको एउटा कुनामा
र,
नजीकै छिमेकीको गोठालो छ
अनी
छामछाम छुमछुम गर्दैछिन्
बुढीआमा
भुईमा सखेको लौरो
गोठालो
मनमनै सोच्दैछ
न भेटियोस र नभेटेपनीहुनिथियो
तिआमाले
त्यो लौरो
छाडेर हिडेपछी
मेरो मालिकको हुने थियो
म मालिकको हुनेथिए
अनीनिर्भय भई भन्छ
लौरो मेरो हो
म गोठालो हुँ
मेरो हातमालौरो हुनुपर्छ
बलिष्ठ गोठालोले लौरो टिपेर
मालिकलाई बूझायो
बुढीआमा
लाचार भएर घिस्रि रहिन्
याचनागर्दै रअनुनयगर्दै
म हेरी रहेको छु परबाट
आमाको हातबाट
खसेको लौरो
कसरी गोठालोको मालिकको हो ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।