गजल : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाडौं ,असार २७।
शिखरमा पुगेर झर्नुपर्छ एकदिन
मानिस हो आखिर मर्नुपर्छ एकदिन
तर पनि निष्क्रिय नरहनु कैल्यै ।
संघर्षका हर जंघार तर्नुपर्छ एकदिन ।
मेरै गोरुको मात्रबाह्रै टक्का गर्नु किन ।
मृत्युसँग सम्झौता गर्नुपर्छ एकदिन
खाली हात आइयो यहाँ खाली हात जान्छौं ।
संसारमा पहिचान छर्नुपर्छ एकदिन ।
केही पनि नबिराऊ कसैसँग नडराऊ
आफ्नै मन सँग पनि डर्नुपर्छ एकदिन ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।