सोचेको कुरा पुरै भएन : पवनकुमार बुढाथोकी (कविता )

सोचेको कुरा पुरै भएन : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाडौं ,असार १४।

भेट्टाउछु कि त कतै भनी
आँखाहरू चारैतिर तन्काएँ
देखेसम्मको स्थानमा
आफुलाई बिच्छ्याएँ !
स्थिति सोचेको जस्तो भएन
म त्यहीँ अडेको अडै भएँ
कतै उनको उपस्थिति र
आकृती देखापरेन !
छन् त थे
बग्रेल्ती भेला भएका
उनिनै नभए पछि
त्यो ठाँउ मलाई
मन परेन !
हिजो पनि
हो की हो कि जस्तो गरेर
आफ्नो रहर पूरा गरेर
लोभ्याई लोभ्याई
एक्लै पा¥यौ
एक्लै नै थिएँ
आज पनि एक्लो छु !
मैले
ऊनी र म एकै भएर
पूरा गर्छौ
भनेर बुनेका तानाबाना
अधुरै रहे
आजसम्म पनि
खोइ के कता बिग्रियो
अधकल्चै रह्यो
सोचेकै जस्तो गरी
त पुरै भएन !
आज त पक्कै हुन्छ
जस्तो लागेको थियो
फेरि पनि भेट भएन
सोचेको कुरा पुरै भएन !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।