बुढानिलकण्ठ -१० का एक पुरुषमा कोरोना संक्रमण

बुढानिलकण्ठ -१० का एक पुरुषमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं , असार ३।

बूढानीलकण्ठ नगरपालिका वडा नं.१० का ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ।

नगर जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले दिएको जानकारीनुसार जेठ २९ गते बिहीवार बूढानीलकण्ठ नगरपालिका वडा नं.१०, ११ र १२ का जोखिम समूहमा रहेका औषधि व्यवसायी, खाद्यान्न पसल अन्य अत्यावश्यक वस्तु बिक्रीगर्ने व्यक्ति लगायत ५९ जनाको आरटी पिसिआर विधिद्वारा कोरोना भाइरसको जाँचगर्न थ्रोट स्वाव संकलन गरि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाईएको थियो।

उक्त जाँचको रिपोर्ट आज आउँदा ती ५९ जना मध्येका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको ईपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। कोरोना संक्रमण देखिएका व्यक्तिलाई बूढानीलकण्ठ नगरपालिकामा गठन भएको कन्ट्याक्ट् ट्रेसिङ टिमद्वारा ट्रेसिङ गरि एम्बुलेन्समा सशस्त्र प्रहरी अस्पताल बलम्बुको आईसोलेशनमा पठाईएको छ।

संक्रमण देखिएका पुरुषको अति नजीक रहि सम्पर्क भएका परिवारका सदस्य र अन्य व्यक्तिहरुको ट्रेसिङ गरि आरटी पिसिआर विधिद्वारा कोरोना जाँचगर्न भोलि थ्रोट स्वाव संकलन गरिने पनि जनस्वास्थ्य शाखा प्रमुख दाहालले  जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।