अन्तराष्ट्रिय वादोकप कराते प्रतियोगितामा नेपाललाई ९ स्वर्ण

अन्तराष्ट्रिय वादोकप कराते प्रतियोगितामा नेपाललाई ९ स्वर्ण

कपन अनलाइन

काठमाडौं ,असार ३।
दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकपप्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान  हाँसिल गरेको छ ।अन्तराष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ तारिख देखी १० तारिख सम्मआयोजना गरेको भर्चुअलप्रतिश्पर्धामा नेपालले चौथो स्थानहाँसिल गरेको हो ।प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन “We are far but united”भन्ने मूलनाराका साथ प्रतियोगिता  आयोजना गरेको हो ।

उक्त  प्रतियोगितामा नेपालले ९ वटा रजतपदक र ११ वटा कास्यपदक पनि हात पारेको थियो ।प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिश्पर्धामा संचालन भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जियाकार्कीले क्यडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेको छ ।

यसको साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको कातामा, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुतेमा र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेको छ ।रजत पदक हासिलगर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दिव्यागौतम, शोनि राई रहेका छन्भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक,रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ताश्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दशदिने प्रतियोगतिामा नेपाल सहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स,मारोक्को, बास्निया, इस्कोजिया, अलजेरिया, न्यूजरल्यण्ड र प्यलेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरु प्रतिश्पर्धामा उत्रिएका थिए। उक्त  प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्दश्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।