नयाँ नक्शाको स्वागत गर्दै जोरपाटीमा दिप प्रज्जवलन

नयाँ नक्शाको स्वागत गर्दै जोरपाटीमा दिप प्रज्जवलन

कपन अनलाइन

काठमाडौँ, जेठ ३२। नेपाल सरकारले  लिम्पियाधुरा,कालापानी, लिपुलेक सहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संसदले पारित गरेको  खुशियालीमा गोकर्णेश्वर नगरपालिका जोरपाटी चोकमा  दिप प्रज्जवलन गरिएको हो । राष्ट्रिय युवा संघ नेपालले शनिबार साँझ जोरपाटीमा नयाँ नक्सा सहित मैनवत्ती बालेर दिप प्रज्वलन गरिएको हो  ।

कार्यक्रममा  नेकपा जिल्ला कमिटि सदस्य पुण्य प्रसाद चौलागाई युवा संघ नेपालका सुदर्शन बजगाई लगायत युवा संघ नेपालका कार्यकर्ता सहित स्थानीयको उपस्थिति रहेकको थियो। दिप प्रज्वलनमा उपस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिहुनेहरुले एको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका थिए  ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव शनिबार  संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेको सहभागीहरुले  बताएका  थिए  ।

 

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।नेपालीको लागि ऐतिहासिक क्षणको रुपमा सावित भएको उपलक्ष्यमा देशभर दीप प्रज्वलन गरी खुसीयाली मनाइएको छ । त्यस्तै काठमाडौँका विभिन्न स्थानहरुमा नागरिकहरु, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।