बुढानिलकण्ठ -१ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ -१ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ३२।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  टोखाको ग्रान्डी अस्पताल संगको सहकार्यमा   बुढानिलकण्ठ नगरपालिका वडा नं १  को आयोजनामा भएको सो आकस्मिक रक्तदानमा ३६ जनाले रक्तदान गरेका थिए।

जोखिमयुक्त परिस्थितिमा अस्पतालहरुकै बल्ड बैंकमा रगतको अभाव चुलिँदै जाँदा उपचाररत रहेका व्यक्तिहरुलाई निकै कठिनाई परिरहेको अवस्थामा  सो  कार्यक्रम आयोजना गरिएको वडाका अध्यक्ष सुरेन्द्र लामाले बताएका छन ।

सो कार्यक्रम सञ्चालनका लागि स्टार अस्पातलले गरेको सहयोगका लागि धन्यवाद दिदै अध्यक्ष लामाले कार्यक्रमलाई सफल बनाउन सक्रिय रहेका रक्त संचार केन्द्र ,स्वयंसेवक तथा रक्तदाता प्रति आभार प्रकट गरेका थिए।फोटो सौजन्य :बिएसजी न्युज

तपाइँको प्रतिक्रिया ।