जेभियर इन्टरनेशनल कलेजको “कथा आफ्नो आफ्नो” कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३२।
जेभियर इन्टरनेशनल कलेजको आयोजनामा कार्यक्रम “कथा आफ्नो आफ्नो ” अन्तर्गत बिश्वब्यापी लघुकथा सम्मेलन सम्पन्न भएको छ । जेठ ३० गतेदेखि प्रत्यक्ष प्रसारण भएको सो कार्यक्रमा १०० भन्दा बढी युवाहरुको सभागिता जनाएका थिए ।
देशभित्रबाट कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ सुनसरीबाट, तारा केसी र रन्जुश्री पराजुली काठमाडौबाट, भागीरथी श्रेष्ठ गुल्मीबाट, नारायण तिवारी र बसुश्री पाण्डे बिराटनगरबाट, डा. पुष्करराज भट्ट धनगडीबाट, ललिता दोषी ललितपुरबाट, चेतनाथ धमला ओखल्ढुङ्गाबाट, सीता बिष्ट कार्की र विनोद नेपाल पाल्पाबाट र विदेशबाट बुना दाहाल अमेरिकाबाट, लक्ष्मी उप्रेती भारतबाट र बेलायतबाट कृष्ण बजगाईलगायतका कथाकारहरुले सहभागिता जनाएका थिए ।
यो महामारी र लकडाउनले सबैलाई अनउत्पादक बनाएको बेला, यस घडीमा युवाहरूलाई सशक्त पार्ने लक्ष्य राखेर डिजिटल मञ्चको माध्यमबाट उनीहरूको आवाज फैलाउन आमंत्रित कथाकार र युवा दिमागहरूलाई जोड्न गरिएको यस कार्यक्रममा, बिश्वब्यापी लघुकथा सहजकर्ता इन्द्रकुमार श्रेष्ठ ‘सरित’ थिए भने कार्यक्रम संचालिका दिलाशा सिंह ठकुरी रहेकी थिइन्।
जेभियर युथ रेडक्रस सर्कल, जेभियर लिटेचर क्लब, म्यानेजमेन्ट क्लबले आयोजना गरेको कार्यक्रममा एसएमटी ग्लोबल र गुडफेल्स : वेभभिंग स्टोरिज अफ सोसाइटी र अन्तरास्ट्रिय साथ् डाइनामिक बुनाको रहेको थियो। त्यस्तै सो कार्यक्रममा फेयरवर्ड डेली, राजधानी डेली र कान्थिपुर सियफेल र शिक्षा पोर्टलको रुपमा मेरो स्पार्कको पनि सहयोग रहेको थियो।