ह्याम्स अस्पताल धुम्बाराही बाट कोरोना जितेर फर्किए संक्रमित

ह्याम्स अस्पताल धुम्बाराही बाट कोरोना जितेर फर्किए संक्रमित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३०।

ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत रहेका कोरोना संक्रमित स्वस्थ भएर फर्किएका छन। जेष्ठ २० गते सो असपतालमा भर्ना भएका कास्कीका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिए संग सो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

कोरोना संक्रमणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तह -३ को  पूर्वाधार व्यवस्थापन गरेको सो अस्पतालले संक्रमित लाइ जेष्ठ ३० गते डिस्चार्ज गरिएको जानकारी दिएको छ।

ति संक्रमित पुरुषको उपचारमा सक्रिय डाक्टर ,नर्स तथा अन्य कर्मचारीहरुलाई बधाई र धन्यवाद दिदै अस्पतालले कोभिड -१९ तथा अन्य उपचारका लागि अस्पताल तयार रहेको बताएको छ।

अस्पताको बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।