अरुणोदय माविको ७० औं वार्षिकोत्सवको अवसरमा संरचना बिस्तारको शिलान्यास
कपन अनलाइन
काठमाडौं, जेठ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित अरुणोदय माध्यमिक बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निर्माणको बिहिबार शिलान्यास सम्पन्न भएको छ ।विश्व कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको बेला सोहि महामारिलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण कार्यको बिहिबार शिलान्यास सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती, जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझी , नेपाल नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर शिक्षा शाखाका राम नारायण शाह, समाजसेवी भीमसेन थापा , यज्ञडोल जगडोल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देल, बिध्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, समाज सेवी रोजिना बिस्ट(रोज) समाजसेवी राजेश दाहाल, बिध्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित शिक्षकहरु तथा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता अरुणोदय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम समाजसेवी तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले गरेका थिए भने कार्यक्रम संचालन बिध्यालयका शिक्षक टिका खनालले गरेका थिए ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद नेपालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले पर्खाल निर्माणको शिलान्यास गरेका थिए।
कार्यक्रम वडा अध्यक्षहरुको तर्फ बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले अरुणोदय माध्यमिक बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्दैसरकारी बिध्यालयले सरकारलाई विपदमा समेत सहयोग गर्दै आएको बताए उनले भूकम्पमा होस या अहिलेको कोरोना न्यूनीकरणका लागि बिद्यालयलाइ नै क्वारेन्टाइनको रुपमा प्रयोग गरिए संगै राज्यलाइ सरकारी बिध्यालयले सहयोग गरिरहेको हुँदा त्यस्ता बिद्यालयमा भएको भौतिक संरचना कति आवश्यक रहेछ भन्ने बुझिएको बताउदै भौतिक पूर्वाधार निर्माण पनि आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझीले बिद्यालयलाइ शुभकामना दिदै कोरोना महामाहारीका कारण धेरै जसो बिद्यार्थीहरु गाउ गएको हुँदा स्थानीय बिद्यार्थीहरुलाई केन्द्रित गर्नु पर्ने बताए ।उनले समय सापेक्ष रुपमा चल्न नसक्ने शिक्षकहरुले आफुलाई अपग्रेड गर्नु पर्ने र काम गर्न नसक्ने शिक्षकहरुले ठाउ ओघट्न नहुने बताउदै शैक्षिक सुधारका लागि आफुले सकेको सहयोग पनि गर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले लामो इतिहास बोकेको अरुणोदय माबीले शिक्षिक उन्नयनमा ठुलो भूमिका खेलेको बताए ।उनले बिद्यालयमा बिद्यार्थीहरुको बढ्दो चाप र बिध्यालयले प्राबिधिक शिक्षा पनि सुरु गर्ने भनिए पछि बिध्यालयलाइ स्थानान्तरण गर्नु पर्ने आवश्यकतामा मध्यनजर गर्दै जग्गा प्राप्तिको लागि समाज सेवी भीमसेन थापा लगायतले धेरै सहयोग गरेको बताउदै सहयोगी सबैलाई धन्यबाद दिएका थिए ।
उनले टिम सबै मिलेको भएर नै बिद्यालय आजको दिन सम्म आइपुगेको बताउदै आफुले पनि सोहि बिध्यालयमा धेरै समय काम गर्ने मौका पनि पाएको स्मरण गरेका थिए ।उनले अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई बाट पनि सहयोग प्राप्त भएको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए नगर प्रमुख चालिसेले शिक्षालाइ प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए। उनले शिक्षा संग संगै नगरले स्वास्थ्य कृषिलाइ पनि प्राथमिकतामा राखेको र बजेट पनि राख्ने तयारी गरेको जानकारी गराए ।
उनले गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम समेत तयारी गरे लागु गरेको जानकारी गराउदै अन्य नगरपालिका बाट पनि नगरले लागु गरेको स्थानीयपाठ्यक्रमको बारेमा जानकारी लिने अनुसरण गर्ने काम गरिरहेको बताए ।उनले नगरले कोरोना रोकथाम को साथै पूर्वाधार बिकासको काम पनि अगाडी बढाएको जानकारी गराउदै गुणस्तर मा बिशेष ध्यान दिनुपर्ने पनि बताए। उनले धरै मेहनत का साथ् बजेट खोजि खोजि हालेको हुँदा त्यस्ता निर्माणको गुणस्तरमा कोहि संग पनि सम्झौता गर्न नहुने बताउदै स्थानीयले पनि निर्माणको काम सहयोगी भूमिका खेल्दै विकास निर्माणको काममा अनुगमन गर्नु पर्ने बताए। उनले एक चोटी गरेको निर्माण बर्षौ टिक्ने हुनुपर्ने जोड दिएका थिए।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले बिध्यालयलाइ शैक्षिक सामग्री हस्तान्तरण समेत गरेको थियो ।
सभाध्यक्षको आसन बाट बोल्दै अरुणोदय माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम समाजसेवी तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले कोरोना महामारीको विषम परिस्थितिमा पनि कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।बिद्यालयले ७० वर्ष पार गरिसक्दा पनि साँघुरो ठाउँमा रहेको बिद्यालयलाइ स्थानान्तरण गर्न यो वर्ष सफल भएको बताए उनले जग्गा प्राप्तिको लागि सो ठाउँ पहिचान गर्नको लागि सहयोग पुर्याउने समाजसेवी भीमसेन थापा नगरपालिका लगायतलाइ बिशेष धन्यवाद दिएका थिए ।उनले जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझी जसले सो बिद्यालय निर्माणको लागि बिशेष भूमिका खेलेको बताए ।
उनले प्रधानाध्यापकको सक्रियता र शिक्षकहरुको लगनशीलताले नै बिध्यालय आजको दिन सम्म आइपुग्न सफल भएको बताए उनले महामारीको कारण ठप्प भएको पढाइ सुचारु भए संगै स्थानीय बिद्यार्थीहरु लिनु पर्ने भन्दै त्यसको लागि कार्यक्रमहरु ल्याउनु पर्ने बताए ।उनले नेपालका कति पय सामुदायिक बिध्यालयमा भर्ना गर्न सार्है कठिन हुने र पावर लाए पछि मात्र भर्ना लिने गरेको आफुले जानकारी पाएको बताउदै अरुणोदय माविमा पनि त्यस्तै बातावरण सिर्जना गर्नु पर्ने बताए। उनले त्यसको लागि शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने बताए । त्यस पछि स्व इक्छाले बिद्यालयमा विद्यार्थीहरु आउने पनि बताए जसको लागि सबै जना एक जुट भएर लाग्नु पर्ने पनि बताए।
उनले अरुणोदय माविले प्राबिधिक शिक्षा अन्तर्गत सिभिल इन्जीनियरिंग को कक्षा समेत संचालन गर्न लागिएको र प्लस टुको योजना समेत ल्याउन लागेको बताएका थिए । अहिलेको शिक्षा रोजगारमुखी नभएका कारण पनि प्राबिधिक शिक्षाको आवस्यक्ता परेको उनको भनाई रहेको थियो । प्राविधिक तथा दक्ष जनशक्ति अभाव रहेको बताउदै कतिपय निजी क्षेत्रसमेत दक्ष जनशक्ति अभावको सामना गरिरहेको बताए । वैदेशिक रोजगारीमा गएका मध्ये अधिकांशले आवश्यक सीप सिकेका छैनन् । जसका कारण कम तलबमा काम गर्नुपरेको छ । प्राविधिक बिध्यालयको स्थापनाले देशको दक्ष जनशक्ति अभावलाई धरै हदसम्म पूर्ति गर्नेछ भन्ने बिश्वास पनि उनले ब्यक्त गरेका थिए ।
फोटो : सरोज बस्नेत