कोरोनाको कहर ! (कविता)
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २१ /खगेन्द्र दाहाल
कोरोना रोग नौलो यो, विश्वभरि नि फैलियो
डर लाग्दो लियो रूप, सारा संसार तर्सियो
चीनबाट भयो जन्म, महामारी जतै बढ्यो
मान्छे भएमनोरोगी, कोरोनाले निकै पि¥यो ।
१
साना ठूला सबै देश, यसको मारमा परे
अर्थतन्त्रभयो ध्वस्त, मान्छेहरू सयौँ मरे
बाटा घाटा भए ठप्प, आवागमन रोकियो
निषेधाज्ञा भयो जारी, समाधान नि खोजियो ।।
२
उडान रोकियो ठप्प, देश विदेशको यहाँ
अलपत्र परे यात्री, कन्तविजोक भो जहाँ
श्रमजीवीहजारौँको, रोजीरोटी नि खोसियो
वेदनाको नदीबग्यो, अश्रु सागर पोखियो ।
३
विकरालहुँदै गा’छ, यो फैलियो जताततै
भित्रिसक्यो यताकाल, सावधानबनौँ सबै
हरपलचनाखो हौँ, बनेको छैन ओखती
हामीकालननिम्त्याऊ, अब कहीँनहोस् खति ।।
(रतुवामाई— ६, मोरङ, हालःललितपुर)
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।