संसारलाई तर्सायो ! (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २१ /रमेश पोखरेल
विश्वयुद्धभन्दा चर्काे कोरोना त्राश आयो
एकैपटक संसारभरि आतङ्क फैलायो
लाखौँ मानिस प्रभावित छन् हज्जारौँ छन् मर्ने
मानवजीवन सिध्याउँछ कि भन्ने त्राशभर्ने !
हावासरि फैलियो विश्वमा अछुतो नै छैन कोही मुलुक !
शक्ति राष्ट्र भन्नेको पनि लग्यो सातो झुकायो तुजुक ।
बालबालिका वृद्धवृद्धा रोगी मान्छे छानी
लगाउँदो रै छ यसले पहिलो निशानी
देखिँदैन कतै तर फैलँदो छ सारा
आतङ्कको पर्याय वा भयो ज्यानमारा !
उत्पत्ति भो चीनबाट पहिले दुई महिनामै संसारभर फैलियो !
प्रकृतिलाई जित्ने यो मान्छे कोरोनाको सन्त्रासले वैलियो !
हाच्छिउँ गर्दा, खोक्दा सर्ने जे छोए नि सर्ने
श्वासप्रश्वासमा बाधा पर्ने अनि ज्यानै मर्ने
नजिक जानै नपर्ने रे टाढैबाट सर्ने
मरिन्छ कि भन्ने सन्त्रास जोसुकैलाई पर्ने !
बोल्यो धावा यो मानव जीवनमा सभ्यतामै गर्दै छ प्रहार !
विज्ञानको त्यो प्रगति माथि चुनौती भो यो मानवसंहार !
सिङ्गो संसार उत्पीडित छ घरमा नजरबन्द
सन्त्रासको हलाहलझैँ फैलियो दुर्गन्ध
कति मान्छे मरे कहाँबाँकी छ कुन देश ?
आँखा कानले यै समाचार खोज्ने परिवेश !
थुनियौँ नि घरैमा हामीबच्ने यहीहो उपायभन्दै छन् !
कतै बन्लाऔषधि यसको भन्ने आशमा मान्छे दिन गन्दैछन् !
इच्छा शक्ति जगाउनू कुलत त्यागि दिनू
चिसोबाट जोगाउनू तात्तातो झोल खानू
घरैभित्र बस्नू तर भिडभाडमा नजानू
साबुनपानीले हातधुनू बाहिरको नखानू ।
भन्छन् डाक्टर विज्ञ नि भन्छन् ज्यान जोगाउने यही नै हो उपाय !
नसम्झिनू सुरक्षित बस्ने उपायलाई कसैले सजाय ।
आजबचे भोलि देख्छौँ हट्छ त्राश यसको
खोजिएला कुनै बाटो त्राशको परिवेशको
सक्ने छैन मानवजीवन अस्तव्यस्त पार्न
मान्दैन नि विज्ञान पनि कसैसँग हार्न ।
चुनौती यो लौ थेग भन्दै कोरोनाले संसारलाई तर्सायो !
मानवको यो अस्तित्व मास्न नरसंहारको डण्डा बर्सायो !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक