काठमाडौं -४ का जनताको न्यानो स्वागतले डा.राजन भट्टराई उत्साहित
कपन अनलाइन
काठमाडौं, फागुन ४ ।
काठमाडौँ क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका डा. राजन भट्टराईले स्थानीयहरूको न्यानो स्वागत पाएका छन्। २०७४ र ७९ सालको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ४ मा को चुनावी मैदानमा रहेका डाक्टर राजन भट्टराईले हारजित जे भएपनि जनताको माझमा विकासका कार्यक्रमहरु लिएर आउने बाचालाई पुरा गरेको भन्दै विभिन्न वडाहरूका स्थानीयहरूले उनको प्रशंसा समेत गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर ४ का पूर्वाधार विकास र मानवीय हितसँग जोडिएका विभिन्न योजनाहरूका लागि बजेट व्यवस्थापन र अन्य प्राविधिक तथा विशेष किसिमका पहलहरु गरेका डाक्टर राजन भट्टराईले यसपटक मतदातासँग स्थानीय मुद्दाहरुलाई प्रधानता दिँदै मत मागिरहेका छन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर ७मा स्थायी बासिन्दा रहेका डाक्टर राजन भट्टराईले यस क्षेत्रमा खानेपानी पूर्वाधार विकास विभिन्न पार्कहरु निर्माण आदिका लागि बजेट व्यवस्थापन गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन्
