टोखा छहरे सुरुङ्ग मार्ग निर्माणका लागि ६ अर्व ४२ करोड बजेट

टोखा छहरे सुरुङ्ग मार्ग निर्माणका लागि ६ अर्व ४२ करोड बजेट

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर अर्थ मन्त्रालयमा निर्माणका लागि वैदेशिक सहायता जुटाउन प्रस्ताव गरिरहेको बेला सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागी ६ अर्व ४२ करोड बजेट बिनियोजन गरिएको  छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्ग निमार्ण पक्रिया अगाडी बढाउन थप बजेट छुट्याइएको बताएका छन।

चीनको रेसुओ पोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ ।

सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ ।चीनले २०७१ मंसिर १५ मा नेपाल सीमा रसुवागढी पारी रेसुओपोर्ट खोलेर अन्तर्राष्ट्रिय नाका घोषणा गरेको हो । रेसुओपोर्ट देखि केरुङसम्मको दूरी २४ किमि छ ।

तपाइँको प्रतिक्रिया ।