जन्मदिनमा प्रदेश सांसद पत्नी अनु प्रसाई लामा द्वारा लकडाउन प्रभावितहरुलाई खाना खुवाउन खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख १६ । पछिल्लो समय जन्मदिन, विवाह वर्षगाँठ, विवाह लगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो छ । तर, त्यस्ता कार्यमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गर्नेहरु पनि समाजमा प्रशस्तै भेटिन थालेका छन् । यसै क्रममा बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाकी श्रीमती अनु प्रसाई लामाले आफ्नो जन्म दिनको अवसर पारेर व्यक्तिगत रुपमा खाद्यान्न लगायतको समाग्री सहयोग गरेकी हुन् ।हाल उनी संयुक्त राष्ट्र संघ विकास कार्यक्रममा काम गरिरहेकी छिन ।
सामाजिक काममा निकै रुची राख्ने उनले बिभिन्न समयमा सामाजिक संघ सस्थाहरुलाई पनि व्यक्तिगत रुपमा सहयोग गर्दै आइरहेकी छिन् ।काठमाडौंका बिभिन्न क्षेत्रमा सहयोगी दाताहरुको सहयोग मा शुरु गरिएको लकडाउन बाट प्रभावित विपन्न तथा मजदुरहरुलाई निशुल्क भोजन गराउने अभियानमा उनले आज सहयोग गरेकी हुन् । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको अनु प्रसाई लामाले कपन अनलाइन लाइ बताइन ।
प्रत्येक वर्ष व्यक्तिगत रुपमा आफ्नो जन्म दिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी उनले काठमाडौं महानगरपालिका वडा नं ६ का बिभिन्न स्थान र गोकर्णेश्वर नगरपालिकाका करिब १५ स्थानका लागि ५ /५ बोराको दरले करिब ७५ बोरा चामल लगायतको खाद्यान्न सामग्री सहयोग गरेकी हुन् ।उक्त सामग्री बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा स्वयं उपस्थित भइ हस्तान्तरण गरेका थिए ।
उनले आज बिहान लर्डस लाईट गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयॉवस्ती युवा क्लव ,गैरी गॉउ सुधार समाज ,सुन्दरटोल सुधार समाज, नारायणटार यूवा क्लव चामुण्डा मा. वि ,जोरपाटी युवा क्लव तथा जोरपाटी युवा समुह गोकर्णेश्वर नगरपालिका ५ ,गोकर्णेश्वर नगरपालिका वडा नं ५ कार्यालय , पाखा पंधेरो, अरोणदय मा. वि वडा नं ९ आरूबारी,आनन्दपुर महिला समाज,बृहस्पति मार्ग टोल विकास समाज, स्पेशल स्पोर्ट क्लव- आनन्दपुर बौद्द-६ तिनचूले, .निराग पार्टी प्यालेश का.म.पा बौद्द-६, चुच्चेपाटी ,.बौद्द तामाङ कल्याण गुठ्ठीको नयॉ भवन, बौद्द-६ टुसाल धुर्सामा खाद्यान्न सहयोग गरेका हुन् । त्यसै गरि उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ र गोकर्णेश्वर नगरपालिका वडा नं ४ लाइ पनि सहयोग गरेका छन ।
अफ्ट्यारो अवस्थामा गरिएको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको उनले बताइन । सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका छन न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित हुने पनि बताइन । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि बताइन ।
जन्म दिन, बार, होटलमा तडकभडक देखाएर जन्मदिन मनाउन खर्च गर्नु भन्दा आवश्यक ब्यक्तिलाइ सहयोग गर्नु पर्नेमा जोड दिएकी छिन । उनले आगामी दिनमा पनि यस्ता खालका रचनात्मक कार्यक्रमहरु गर्दै जाने बताइन त्यसै गरि आज नै सुनौलो पाइला संस्थामा आश्रय लिइरहेकी सुत्केरी महिला सहित बालबालिकाहरुको लागि रु १० हजार नगद समेत सहयोग गरिएको छ।
फोटो : सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।