काठमाडौं महानगर-४ का ४८ सय वडावासीले राहत प्राप्त गरेका छन :मोहन बहादुर विस्ट (अध्यक्ष )

काठमाडौं महानगर-४ का ४८ सय वडावासीले राहत प्राप्त गरेका छन :मोहन बहादुर विस्ट (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १६।

काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्टले वडाले हाल सम्म करिव ४८ सय जनालाई राहत वितरण गरिएको जानकारी दिएका छन।

वडा नं ४ का लक्ष्मण खाध्य स्टोर,दिप खाध्य स्टोर चण्डोल  ,दिप्ती खाध्य स्टोर धुम्बाराही लगायतका ६ स्थान बाट राहत वितरण गरिएको जानकारी दिदै वडा अध्यक्ष विस्टले ९९ जना विदेस बाट आएका वडावासीको स्वास्थ्य जाँच गरिएको बताएका छन।

लकडाउन  पालना तथा आपतकालीन सेवाका लागि ६० जना स्वयंसेवक परिचालन गरेको बताउदै बिस्टले वडाको बागमती कलेजमा रहेको क्वारेन्टाइन संचालन गरेको जानकारी दिएका छन।

प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै वडाले विकास निर्माणका योजनालाई पनि अगाडी बढाउने पहल भएको बताउदै अध्यक्ष बिस्टले तत्काल ढल सफा गर्ने तथा अन्य विकास शुरु गरिने बताएका छन्।

आफ्नो वडामा रहेका तरकारी बजारहरुमा मानिसको आवतजावत बढी हुदा संक्रमण जोखिम बढ्ने भएकोले त्यसको व्यवस्थापनका लागि तयारी गरिएको जानकारी दिदै अध्यक्ष बिस्टले फोहोर मैला व्यवस्थापन नियमित रहेको बताएका छन।

अहिलेको विषम परिस्थितिमा प्रकोप संग जुध्नका लागि सक्रिय रहेका जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई धन्यवाद दिदै अध्यक्ष बिस्टले लकडाउनको पालना गर्नका लागि वडावासीलाई अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।