काठमाडौंको मुलपानीका २१ वर्षीय एक युवकको RDT रिपोर्ट पोजिटिभ देखियो
कपन अनलाइन
काठमाडौं ,बैशाख १६ ।
काठमाडौंको मुलपानीका २१ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १२ जनामा RDT परिक्षण गर्दा १ जनामा संक्रमण पोजिटिभ देखिएको नगर प्रमुख कृष्णहरि थापाले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन।
चैत्र ७ गते दुबई बाट आएका युवकमा संक्रमण दिखिए संगै उनको सम्पर्कमा रहेका सोही घरको एकै परिवारको आमा, हजुरआमा, हजुरबुबा र सो घरमा डेरा गरी बस्ने १६ जना संसर्ग रहेका ब्यक्तिहरूको RD Test गर्दा नेगेटिभ रिपोर्ट आएको थापाले जानकारी दिएका छन।
उक्त युवकलाई टेकु अस्पतालमा PCR Test को लागी पठाईएको जानकारी दिदै प्रमुख थापाले नगरपालिकाको वडा नं. २ आलापोट स्वास्थ्य केन्द्रमा परिक्षण गरिएका २० जनाकोरिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन।
नगर प्रमुख थापाको पोस्ट :
तपाइँको प्रतिक्रिया ।