काठमाडौं बसुन्धरामा निर्मलीकरण (sanitized ) गरिएको तरकारी तथा फलफुल विक्री शुरु
कपन अनलाइन
काठमाडौं ,बैशाख १३।
काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धरामा निर्मलीकरण (sanitized ) गरिएको ताजा तरकारी तथा फलफुल विक्री वितरणका लागि “हाम्रो कोसिस ” परियोजना उद्घाटन गरिएको छ।
बसुन्धरामा रहेको यती पार्टी प्यालेसमा शुरु गरिएको उक्त परियोजनाको तरकारी तथा फलफुल विक्री वितरण कार्यको कृषि मन्त्री घनश्याम भुषालले शुभारम्भ गरेका थिए।
बागमती प्रदेस सरकारको कृषि मन्त्रालय संगको सहकार्यमा शुरु भएको मुना कृषि लिमिटेड स्थापना गरि शुरु गरिएको “हाम्रो कोसिस ” परियोजनाको शुभारम्भ कार्यकममा बागमती प्रदेसका कृषि मन्त्रि दावा लामा ,प्रदेस सभा सदस्य दिपक निरौला ,काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य सहित विभिन्न सरकारी प्रतिनिधि तथा गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
आधुनिक कृषि बजारको स्थापना गरि स्वदेशी उत्पादनको प्रवर्धन गर्नका लागि किसान फोर्स स्थापना स्थापना गर्ने उदेस्य राखेको मुना कृषि लिमिटेडले निर्मलीकरण गरिएको पोषणयुक्त कृषि उपजहरु उपलव्ध गराउने जानकारी दिएको छ।
उक्त परियोजना अन्तर्गत आधुनिक विक्री केन्द्र बाट तथा मागका आधारमा घर घरमा लगेर तरकारी तथा फलफुलको विक्रिवितरण गरिने मुना कृषि लिमिटेडले जानकारी दिएको छ।