चम्पादेवी गाउँपालिका-९ का विपन्न परिवारलाई काठमाडौं निवासी समाजसेवीहरुको सहयोग

चम्पादेवी गाउँपालिका-९ का विपन्न परिवारलाई काठमाडौं निवासी समाजसेवीहरुको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १३ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ९ विलन्दु घर भै हाल काठमाडौं वसोवास गर्कादै आएका विपन्न नागरिकलाई राहत वितरण गरिएको छ।

काठमाडौंमा रहेका वडावासीहरुले ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष झम्कहरी बडाललाई सम्पर्क गरे पश्चात काठमाडौं बसोवास गर्ने समाजसेवीहरुको सहयोगमा खाद्यान्न सहयोग गरिएको थियो।

चम्पादेवी गाउँपालिका ९ विलन्दुका समाजसेवी ईन्द्रबहादुर पुडासैनी, गणेशकुमार बराल, यज्ञ बराल, शिवराज मिश्र, कृष्णबहादुर मिश्र, डम्बरबहादुर मिश्र, नवराज मिश्र, दुर्गाबहादुर मिश्र र पदम बहादुर मिश्र लगायतले १ लाख ६२ हजार बराबर रकम संकलन गरेर ८७ घर परिवारलाई खाद्यान्न सहयोग गरेका थिए।

त्यस्तै चम्पादेवी गाउँपालिका वडा नं ९ का अध्यक्ष बडालले वडाका प्रत्येक घरमा हात धुने अभियान चलाउदै सावुन वितरण गरिएको तथा नेकपा चम्पादेवी गाउँपालिका वडा नं ९ कमिटीले २० बोरा चामल सहयोग गर्नुका साथै एक घर एक सावुन वितरण गरेको जानकारी दिएका छन।

त्यस्तै गाउँपालिका बाट  प्राप्त थर्मल गनको प्रयोग गर्दै बाहिरि स्थान बाट आएका वडावासीहरुको तापक्रम परिक्षण गरि घर मै क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरिएको बताउदै अध्यक्ष बडालले अन्य सहयोगी व्यक्तिहरुलाई पनि सहयोगको आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।