बुढानिलकण्ठ-१० मा निशुल्क भोजन अभियानको पाँचौ दिन उपप्रमुख रमा राईको सहयोग

बुढानिलकण्ठ-१० मा निशुल्क भोजन अभियानको पाँचौ दिन उपप्रमुख रमा राईको सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा -१० ले शुरु गरेको निशुल्क भोजन वितरण अभियानको पाँचौ दिन नगरपालिकाकी उप प्रमुख रमा राइले ब्यक्तिगत सहयोग गरेकी छन।

करिव १ हजार जनालाई घर घरमा लगेर निशुल्क भोजन गराउने वडाको सत्प्रयासमा हातेमालो गर्दै यो सहयोग गरेको राइले बताइन् । बुढानिलकण्ठ नगरपालिकाले कोहि पनि नगरवासी भोको नराख्ने प्रतिवदत्ता व्यक्त गरेको र त्यसको लागी सबै सचेत रहेको बताउदै उपप्रमुख राइले अन्य वडाहरुमा पनि यस्ता अभियान चलिरहेको जानकारी दिएकी छन।

त्यस्तै वडा वासिको भोको पेट भर्ने अभियानमा दिन प्रति दिन सहयोगी हातहरु बढिरहेकोमा खुसी व्यक्त गर्दै वडा -१० का अध्यक्ष नवराज भट्टराईले सबै मनकारी दाताहरुलाई धन्यवाद दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।