प्रगतिशील प्राध्यापक संगठनका सचिव डा.दंगालले निःशुल्क अनलाइन कक्षा संचालन गर्दै

प्रगतिशील प्राध्यापक संगठनका सचिव डा.दंगालले निःशुल्क अनलाइन कक्षा संचालन गर्दै

कपन अनलाइन

काठमाडौं ,बैशाख १० ।
त्रिवि उपप्राध्यापक डा. दिलनाथ दंगालले निःशुल्क अनलाइन कक्षा संचालन गरिरहेका छन  छन।नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव समेत रहेका डा. दंगाल हालै देशमा भएको लकडाउनको समयमा निः शुल्क सेवा दिने उद्देश्यले चैत्र १४ बाट त्रिविका अनुभवि उपप्रशासक विष्णु अर्यालसँग मिलेर त्रिवि सेवा आयोग तयारी गरिरहेका परीक्षार्थीहरुलाई लक्षित गरी १९ ओटा अनलाइन कक्षा सम्पन्न गरेर लकडाउन थपिए पछि विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थीहरुलाइ लक्षित गरी दोस्रो चरणमा अर्थशास्त्रका कक्षाहरु संचालन गर्न लागेका हुन   ।

त्रिविका स्थायी र पूर्णकालीन शिक्षकले त्रिवि बाहेक अन्यत्र कुनै पनि निजी कलेजमा कक्षा लिने कुरामा सैद्धान्तिक असहमति राख्दै आएका डा. दंगालले त्रिवि भित्र कक्षा लिएर बचेको समय अध्ययन, अनुसन्धान, प्राध्यापक संघ, समाजसेवा तथा त्रिविको उत्थानमा लगाउँदै आउनुभएको छ ।

डा. दंगालले यसरीे निः शुल्क अनलाइन कक्षा संचालन गरेर सराहनिय काम गरेको र आफुहरु लाभान्वित भएको कुरा सहभागी विद्यार्थीहरुले बताएका छन् । यो निः शुल्क कक्षामा सहभागी हुनका लागी जुम एप डाउनलोड गरेर हरेक दिन ३ बजे जोडिन सकिने र भिडियो कल बाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने सञ्चालकको भनाइ छ ।

अनलाइन कक्षामा धेरै विद्यार्थीहरुले सहभागीता जनाएको र सहभागीता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरुको सुविधालाई ध्यानमा राखेर छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिएको र दोस्रो चरणको कक्षा चैत्र २६ बाट सुरु भएको हो ।

आजसम्म दोस्रो चरणका चौध ओटा कक्षा सम्पन्न भएकोमा गेस्ट प्राध्यापकको रुपमा अर्थविद् डा. चन्द्रमणि अधिकारी लगाएत थुप्रै विज्ञहरुले कक्षा लिइ सक्नु भएकोले सबै कक्षाहरु अति उपयोगी भएको एक सहभागीले बताएका छन् भने कक्षालाई सहभागीको रुचि अनुसार बढाउन सकिने र आगामी कक्षाहरु पनि उपयोगि रहने आयोजकको भनाइ छ ।

नेपालमा १९ ओटा क्याम्पसहरुमा एम.ए.मा अर्थशास्त्र पढाइ हुने र सम्भव भए सम्म सबै १९ ओटै क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुलाइ यो अभियानमा जोड्ने प्रयासमा आफु रहेको आयोजकको भनाइ छ ।

करमा विद्यावारीधि गरेका उपप्राध्यापक दंगाल देशमा देखिएको करको करकर कसरी कम गर्न सकिन्छ भन्ने सोचाइमा आफु रहेको र यी कक्षाका माध्यमबाट करका बारेमा सहभागीलाई बुझाउन भनेर पहिलो चरणका कक्षाहरु करमा आधारित रहेका साथै यी कक्षाहरुमा अर्थमन्त्रालय अन्तर्गत रहेका कर कार्यालयका कर विज्ञहरुलाइ पाहुना शिक्षकको रुपमा कक्षामा सामेल गराउन दंगालले जानकारी दिएका छन  ।

लकडाउन बढी रहेको अवस्थामा त्रिविले पनि अब अनलाइन कक्षा संचालन गर्ने निर्णय गरेको र त्रिविले संचालन गर्ने उक्त अनलाइन कक्षाहरुको नेत्रित्व आफुलाई दिएमा विश्वविद्यालयलाई सहयोग गर्न पनि सकिने  उपप्राध्यापक दंगाल बताउछन  ।

तपाइँको प्रतिक्रिया ।