कोरोना भाइरस (कोभिड–१९) को विषयमा नेकपा काठमाडौं -१५ को छलफल

कपन अनलाइन 

काठमाडौं ,बैशाख १०।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका वडा नं १५ ले  विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को विषयमा  छलफल गरेको छ ।

उक्त छलफलमा नेकपा स्थायी कमिटि सदस्य  अष्टलक्ष्मी शाक्यले  समस्या परेकालाई घर पठाउने व्यवस्था पनि मिलाउनुपर्छ, कोहि भोकै नपारोस् र राहत बितरण कार्यलाई लक्षित समुदायमा पुर्याउन ध्यान दिनुपर्ने धारणा राखेकी छन।

त्यस्तै नेकपा केन्द्रिय कमिटी सदस्य जीवनराम श्रेष्ठले पार्टीका सबै सदस्यहरू आ-आफ्ना टोलहरूमा कोभिड १९ को मापदण्ड पालन गरी रोगबाट बचाउन र जनताको समस्या समाधान गर्न सहयोग गर्ने कार्यमा लाग्न आव्हान गरेका छन ।

उक्त छलफल कार्यक्रम सरिता महर्जन,बागमती प्रदेश कमिटी सदस्य, ईश्वरमान डगोल वडा अध्यक्ष एवं महानगर प्रबक्ता लगायतका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।