वसन्त ऋतु (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ६ /दिवाकर आचार्य
फाल्गुण गयो चइत लाग्यो त्यो जाडो हरायो ।
प्रकृतीले नै बदली ऋतु लामो दिन गरायो ।।
जङ्गल सबै हरियो भयो पालुवा चढेर ।
त्यो दृष्य हेर्न अस्ताउन लागे ती रवि अवेर ।।१।।
हरेक थरी फुलेर फूल जगतै रमायो ।
गुप्तवास सकी कदली पत्र भर्खरै पसायो ।।
कोकिल र सुगा सोधन लागे यो को हो भनेर ।
उफ्रदै वनमा खेल्न थाले भालु, बाघ बनेल ।।२।।
वनको शोभा शशिले हेरे बादलमा छिपेर ।
मालिनीहरु नाचन थाले फूल धेरै देखेर ।।
न धेरै जाडो न त छ शीत अघिको समान ।
न हुंदा गर्मी पर्दैन खोज्न पंखाको सामान ।।३।।
आकाश छायो उठेर वादल चातक कराए ।
इन्द्रले हेर मकइ छर्न जल बृष्टि गराए ।।
खनजोत गर्न लागे ती किशान खूब हर्ष मानेर ।
मकइ भट्मास छर्नलाई उचित समय ठानेर ।।४।।
(साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक )
तपाइँको प्रतिक्रिया ।