बुढानिलकण्ठ- १० का अध्यक्ष नवराज भट्टराईको ब्यतिगत खर्चमा पहिलो दिनको निशुल्क भोजन

बुढानिलकण्ठ- १० का अध्यक्ष नवराज भट्टराईको ब्यतिगत खर्चमा पहिलो दिनको निशुल्क भोजन

कपन अनलाइन 

काठमाडौं ,बैशाख ६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले वडा वितरण गर्ने पहिलो दिनको निशुल्क भोजन आफ्नो व्यक्तिगत खर्चमा गराउने घोषणा गरेका छन।

लकडाउनको विषम र जटिल परिस्थिमा राहत सामाग्री प्राप्त नगरेका विपन्न तथा गरिव पारिवारलाई वडाका टोल विकास समिति ,संघ संस्था ,महिला समुह तथा स्वयंसेवकहरुको सहयोगमा तथ्यांक संकलन गरेर निशुल्क भोजन वितरण गर्ने व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

भोको पेट बस्न बाध्य बनेका नागरिकलाई भोजनको व्यवस्था केहि सहयोग गर्ने सक्ने सहयोगीको पहल बाट व्यवस्था गर्दै मानवीय सेवा नबिन सेवामा समर्पित बन्न यो अभियान शुरु गरिएको वडाले जानकारी दिएको छ।

आफुले पहिलो दिनको भोजन व्यक्तिगत रुपमा व्यवस्था गरे जस्तै अन्य मनकारी महानुभावहरुलाई पनि यस अभियानको सारथी बन्नका लागि अनुरोध गर्दै अध्यक्ष भट्टराईले सहयोग गर्न चाहाने सहयोगीलाई वडा कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह गरेका छन।

वडा नं १० को एक पार्टी प्यालेसमा तयार गरिएको भोजन आज बैशाख ६ गते सम्म नाम दर्ता गराउने व्यक्तिहरुलाई    सम्बन्धित स्थानमा पुर्याइने छ।

सहयोग र नाम दर्ताका लागि सम्पर्क :

तपाइँको प्रतिक्रिया ।