कोरोनाको कहर
कपन अनलाइन
काठमाडौं ,चैत १६ /अर्जुनप्रकाश भुसाल
विहानी उषाको किरण सगैं,
भित्ताको घडींको सुईले मार्ने फन्को सगैं,
चिरविर चराको आवाज र सन्नाटाको एकान्तले,
अविछिन्न वहकिरहने शितल पवन,
थाहा भयो दिन सुरू भएछ।
छैन कुनै गेटको घ्यार्र घुर्रर,
वज्दैन मोवाईलको आलारम,
सुन्दैन कुनै गाडीको हर्न,
प्रकृतीवाट निरन्तर सगींत,
कस्तो परिवर्तन! कस्तो समय !!
अनयासै शहर गाउॅ भएछ।
हतार छैन यहाॅ कुनै आमालाई
कुकरमा सिठी र ड्रेसमा आईरन गर्न,
नत कुनै बाबालाई मिटिगं वा अफिस कुदन्
बन्द छन् सवै ढोकाहरू ,बन्दै छन त पुराना परिकारहरू,
खुल्दैछन खिया परेका चिन्तन सगैं नयाॅ बिचारहरू।
वन्द गर अव सन्तान जन्माउन
जानु पर्दैन कुनै वर्थ डे पाटीमा,
वन्द भएका छन भोजभतेरहरू,
विहे, वर्तन,चर्च, मन्दिर र मस्जिदहरू,
स्कूल, कलेज, चैत्य, गुम्वाहरू,
नहेर अखवारका पानाहरू,
सडक लासहरूले जाममा परेका छन,
अस्पतालहरू मानिसहरूको लामले भरिएका छन्,
टिभी स्क्रिनहरू स-साना आवाजमा वोलाईरहेका छन् , आर्यघाटमा पालो कुरेर टोलाईरहेका छन्।
खवरदार ,
वाहिर निस्कन मिल्दैन तिमी,
कसैलाई पनि चिन्दैन तिमी,
चिनेको मान्छे सगैं हिड्दैन तिमी,
आफुले आफै चिन्दैनौ किनकी
तिमीमा वदलाव आको छ ।
फेरी पनि…खवरदार !!
तिमी विरामी हुनुहुन्न
भयौ भने कसैले छुनुहुन्न उफ !
घडींको सुई हेर्छु कतै उल्टो घुमेको त छैन !!!??
तपाइँको प्रतिक्रिया ।