टोखा नगरपालिकामा साल्ट ट्रेडिंगको सहुलियतमा नुन र चिनी विक्री गर्न घुम्ती सेवा
कपन अनलाइन
काठमाडौं ,चैत १६।
नेसनल साल्ट ट्रेडिंग कर्पोरेसनलली आज दिउसो १२.३० बजे देखि टोखा नगरपालिका वडा नं ५ को कार्यालय अगाडी सहुलियत दरको नुन र चिनी वितरण गर्ने भएको छ।
कोभिड १९ कोरोना भाइरसको प्रकोपको सामना गर्ने क्रममा स्थानीय जनतालाई अधिकतम सुविधा र सहुलियतका लागि यो प्रवन्ध गरिएको कर्पोरेसनले जनाएको छ । त्यस्तै यस्ता घुम्ती सेवा नगरपालिकाका अन्य स्थानमा पनि हुने जानकारी दिएको छ ।
उक्त अवसरमा नुन र चिनी लिन आउने स्थानीयहरूलाई जनप्रतिनिधि तथा स्वयंसेवकहरुले सुरक्षित राख्न सहयोग गरिएको र यो वितरणले स्थानीयले केहि राहत मिलेको महसुस गरेको वडा नं ५ का अध्यक्ष जन्गनाथ ढकालले बताए ।साथै वडा कार्यालयले हाल लाई ५०० थान मास्क पनि वितरण गर्न सुरु गरेको उनले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।