चन्द्रागिरि ‘साक्षर नगरपालिका’ घोषणा
कपन अनलाइन
काठमाडौं ,फागुन २१। चन्द्रागिरि नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । मंगलबार एक कार्यक्रमबा बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गरेको गरेका हुन् ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । कक्षा १२ अध्ययन गर्नुपूर्व नै सीपमूलक शिक्षा दिनसके विद्यार्थीले रोजगारको अवसर पाउन सक्ने उनले बताए । शिक्षामन्त्री पोखरेलले विदेशमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या धेरै भए पनि नेपालमा भने क्रमशः घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
सामुदायिक विद्यालयले अङ्ग्रेजी शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र बसोबास गर्ने ९६.४७ प्रतिशत जनता साक्षर भएको बताए । नगरपालिकाले साक्षर नगरपालिका घोषणाका लागि सामुदायिक सिकाइको अवधारणा अनुसार कक्षा सञ्चालन गरेको थियो ।
कूल १५ वडा रहेको चन्द्रागिरिमा सामुदायिक २४, संस्थागत ४६, गुरुकुल आश्रम दुई, अनौपचारिक तथा वैकल्पिक चार, विशेष शिक्षा विद्यालय दुई र क्याम्पस दुई रहेका छन् ।