नेपाल दलित विद्यार्थी संघ रामेछाप जिल्ला अधिबेसन सफलता पुर्वक सम्पन्न

नेपाल दलित विद्यार्थी संघ रामेछाप जिल्ला  अधिबेसन सफलता पुर्वक सम्पन्न

कपन अनलाइन

काठमाडौँ,फागुन २०। नेपाल दलित बिद्यार्थी संघ रामेछाप जिल्ला अधिवेसन समपन्न भएको छ ।मन्थली नगरपालिका १ रामेछाप स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभाहलमा  फागुन १५ गते समपन्न भएको हो।नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य सविन विश्वकर्माको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि को रुपमा  नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने रहेका थिए भने बिशेष अतिथिको रुपमा नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार नेपाल  नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय सदस्य सुवास बराइली, समाज सेवी एबम युवा नेता रोशन बाबु श्रेष्ठ,लगायत बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

रास्ट्रीय गान संगै शुरु भएको सो कार्यक्रममा बिद्यार्थी  सर्मिला बिसुन्केले स्वागत मन्तब्य राख्दै दलित बिद्यार्थीहरुले भोग्दै आएका समस्याहरुको बारेमा जानकारी गराएकी थिइन् ।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल दलित बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले ने पाल दलित बिद्यार्थी संघल बिद्यार्थीहरुको हक अधिकारको लागि मात्र नभई सामाजिक रुपान्तरणको लागि पनि बिभिद कार्य गर्दै आएको बताए।

उनले नेपालका बिभिन्न जिल्ला मा जिल्ला अधिबेसन समेत गरि सकेको जानकारी गराउदै उनले जातिय विभेदका कारण बिद्यार्थीहरु अझै पनि अगाडी बढ्न नसकेको बताए।  उनले २१ औ शताब्दी सम्म आईपुग्दा पनि जातिय विभेदका कारण विदेशमा देशको नाम खराब भएको समेत बताउदै धर्म शास्त्रमा कुनै जातिय विभेद नभएपनि आफुलाई उच्च बनाउन खोज्ने सोच भएका व्यक्तिहरुका कारण  त्यो समस्या समाधान हुन नसकेको बताउदै त्यसलाई समाधान गर्नको लागि पनि शिक्षित बिद्यार्थीहरुको ठुलो भूमिका हुने बताए ।

 उनले नेपाली समाजमा परम्परागत रुपमा हुँदै आएको जातिय विभेद तथा छुवाछुत लगायतका कुसंस्कारविरुद्ध संगठित हुन र समाजमा परिवर्तनका आवाज बुलन्द पार्न नेपाली कांग्रेसको भ्रातृ संगठनका रुपमा दलित संघ स्थापना भएको  जानकारी गराउदै नेपाल दलित संघ कै एक घटक को रुपमा बिद्यार्थी हरुको हक अधिकार सुनिश्चित गर्नको लागि नेपाल दलित बिद्यार्थी संघको स्थापना भएको पनि जानकारी गराए  ।

उनले थप प्रष्ट पार्दै भने वि.सं. २०५४ साल फागुन ४ गते यस नेपाल दलित संघले औपचारिक रुपमा नेपाली कांग्रेसको भ्रातृ संगठनको मान्यता पाएको जानकारी गराउदै सामाजिक कुसंस्कार र अमानवीय व्यवहारको शिकार भई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक एवम् प्रशासनिक क्षेत्रमा शोषित, उपेक्षित, उत्पीडित, अपमानित एवम् वञ्चितिकरणमा पारिएका दलित समुदायलाई राजनीतिक रुपले प्रशिक्षित गर्न संघको स्थापना गरिएको स्मरण गर्दै  नेपाली दलित बिद्यार्थीहरुको हक अधिकार प्राप्तिको लागि नेपाल दलित बिद्यार्थी संघको समेत स्थापना भएको बताए ।

दलित बिद्यार्थीको लागि हक हितको लागि आवाज बुलुन्द गर्ने उदेश्यले नेपाल  दलित बिद्यार्थी संघ स्थापना भएको प्रष्ट पारेका थिए। उनले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति लगायत को समस्या समाधान गर्नको लागि पनि नेपाल दलित बिद्यार्थी संघले सहयोगी भूमिका खेल्दै आएको जानकारी गराए ।उनले अधिबेसन पश्चात आउने नेतृत्वले कुशलता पुर्वक जिम्मेवारी बहन गर्नेमा आफु बिश्वस्त रहेको जानकारी गराउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रम बोल्ने बक्ता हरुले दलित बिद्यार्थीहरुले भोग्दै आएका समस्याहरु र त्यो समस्या समाधानको निम्ति एक जुट हुनुपर्ने भनाइ राखेका थिए ।

 उक्त जिल्ला अधिबेसन बाट नेपाल दलित विद्यार्थी संघ रामेछापको अध्यक्षमा प्रकाश विक चयन भएका छन्  भने समितिको पदाधिकारीमा सरोज परियार उपाध्यक्ष, सर्मिला बिसुन्के सचिब, लच्चित नेपाली सहसचिब र सविता बसेल कोषाध्यक्षमा रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः हेम माया नेपाली, बिमला नेपाली, रोजिना तिरुवा, गिता कुमारी वस्याल, अस्मिता नेपाली, लक्ष्मी नेपाली, बलराम विक, मनिता नेपाली, रबिन गजमेर र सुकदेब विक चयन भएका छन् । चुनिएका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने र बिशेष अतिथि नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार  लगायतले खादा लगायर सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतितिको रुपमा बोल्दै नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्दै दलित बिद्यार्थीको लागि मात्र नभई सबै  बिद्यार्थीहरुको हितमा काम गर्नको लागि अनुरोध गरेका थिए ।सभाध्यक्षको आसन बाट बोल्दै नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य सविन विश्वकर्माले उपस्थित सबैलाई धन्यबाद र नव निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै नेपाल दलित विद्यार्थी संघको विधि र विधानभित्र रहेर संघको हकमा काम गर्ने  अनुरोध गरेका थिए।

तपाइँको प्रतिक्रिया ।