सुरभिको राष्ट्रिय कथा पुरस्कार घोषणा

सुरभिको राष्ट्रिय कथा पुरस्कार घोषणा

कपन अनलाइन

काठमाडौं, फागुन १९।सुरभि  साहित्य प्रतिष्ठानले राष्ट्रिय कथा प्रतियोगिताको लागि कथा आह्वान गरेकोमा आगामी चैत्र १५ गतेको कार्यक्रममा पुरस्कार वितरण हुने गरी पुरस्कारको घोषणा गरेको छ ।

जसमा प्रथम उदयपुरका अक्षान्त प्रथम, काठमाडौँकी ललिता दोषी द्वितीय, बुटबल घर भई अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका केशवराज ज्ञवाली तृतीय र बराहक्षेत्र ८, सुनसरीका प्रवीण खड्का तथा कञ्चनरुप न.पा. ८, प्रगतिटोल, रुपनगर सप्तरीकी लक्ष्मी रिजाल सान्त्वना भएका छन् ।

प्रतिष्ठानले प्रथम हुने कथाकारलाई रु. १०हजार द्वितयि हुनेलाई रु. ७हजार तृतीय हुनेलाई रु. ५ हजार सान्त्वना हुनेलाई रु ३ हजार नगद पुरस्कार र प्रमाणपत्र दिइने घोषणा गरेको छ । प्रतियोगितामा विजेता कथाकारहरुलाई सुरभिको नियमित आख्यान वाचन हुने स्थान काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको बेँसीगाउँस्थित ढोल्खाधारो कुटीमा भव्य कार्यक्रममा साथ कथावाचन गराई पुरस्कार वितरण गर्ने योजना रहेको कुरा प्रतिष्ठानका उपाध्यक्ष एवम् कथा प्रतियोगिताका संयोजक परशुराम पराशरले बताए ।

तपाइँको प्रतिक्रिया ।