पेन्देलगाउँ तामांग सामुदायिक होम स्टेको प्रथम वार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं ,फागुन १९।
पेन्देलगाउँ तामांग सामुदायिक होम स्टेको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। बागमती प्रदेसका सदस्य दिपक निरौलाको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष विजय तामांग ,वडा सदस्यहरु श्याम कृष्ण ठकुरी ,हेव्सिवा तामांग ,तारा रोक्का ,प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख भुपेन्द्र गिरि लगायत अतिथि रहेका थिए।
पेन्देलगाउँ तामांग सामुदायिक होम स्टेकी अध्यक्ष तारा तामांगको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
उक्त क्षेत्रका ८ घरमा संचालित होम स्टेमा हाल सम्म करिव ५०० जना आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन भएको छ भने सोहि स्थानमा उत्पादन भएका स्थानीय खानेकुरा तथा अन्य सामग्रीको प्रवर्धनमा होम स्टेले सहयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निरौलाले आफ्नो निर्वाचन क्षेत्रको पर्यटकीय स्थान डाँडागाउँलाई विकास गर्नका लागि विशेष योजना बनाएको जानकारी दिएका थिए भने स्थानीय उत्पादनको प्रवर्धन र मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै उप प्रमुख रमा राइले उक्त क्षेत्रमा आफ्नु धेरै पटक आएको स्मरण गर्दै त्यस क्षेत्रका महिला दिदि बहिनीको क्षेमता विकास र आर्थिक समृद्धिका योजना लिएर आउन आव्हान गरेकी थिइन् ।