चौतारी ले भन्यो लोकमानसिंह माफी माग

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई प्रश्न गर्ने केही पत्रकारमाथि दुव्र्यवहार भएकोमा प्रेस चौतारी नेपालले विरोध जनाएको छ।

प्रमुख आयुक्त कार्कीको दुव्र्यवहारको प्रतिकार गर्ने र पत्रकार सम्मेलनमा जिज्ञासा राखेकै नाममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विक्रम लुइँटेलसहित २० जना पत्रकारलाई उनकै निर्देशनमा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएकोमा चौतारीका महासचिव माधव नेपालले वक्तव्य जारी गर्दै निन्दा गर्नुभएको छ।

स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने दुष्प्रयत्नस्वरुप फेरि एकचोटि राज्यले पत्रकारलाई जिस्क्याइरहेको भन्दै चौतारीले कुनै पनि बहानामा प्रेसमाथि हुने नियन्त्रणको निन्दा गरेको छ। विराटनगरमा गिरफ्तार सबै पत्रकारको तुरुन्त सम्माजनक रिहाईको माग गर्दै प्रेसकर्मीमाथि दुव्र्यवहार गर्ने अख्तियार प्रमुख कार्कीलाई तुरुन्त सार्वजनिक रुपमा माफ माग्न अनुरोध चौतारीले अनुरोध समेत गरेको छ।

बिज्ञप्ति  हेर्नुहोस्

प्रेस बिज्ञप्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनलाई प्रश्न गर्ने केही पत्रकारमाथि दुव्र्यवहार भएको छ । उनको दुव्र्यवहारको प्रतिकार गर्ने र पत्रकार सम्मेलनमा जिज्ञासा राखेकै नाममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विक्रम लुइँटेलसहित २० जना पत्रकारलाई उनकै निर्देशनमा पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको छ ।
स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने दुष्प्रयत्नस्वरुप फेरि एकचोटि राज्यले पत्रकारलाई जिस्क्याइरहेको छ । कुनै पनि बहानामा प्रेसमाथि हुने नियन्त्रणको हामी घोर निन्दा गर्दछौं । विराटनगरमा गिरफ्तार सबै पत्रकारको तुरुन्त सम्माजनक रिहाईको माग गर्दै प्रेसकर्मीमाथि दुव्र्यवहार गर्ने अख्तियार प्रमुख कार्कीलाई तुरुन्त सार्वजनिक रुपमा माफ माग्न अनुरोध गर्दछौं ।
माधव नेपाल
महासचिव

तपाइँको प्रतिक्रिया ।