कपन गाविसले पौष २७ गते २ करोडको बजेट बिनियोजन गर्ने

कपन अनलाइन०७० पौष २५
देशकै धेरै बजेट विनियोजन गर्ने गाविसहरुमध्ये एक कपन गाविसले आर्थिक वर्ष ०७१÷७२ का लागि बजेट यहि पौष २७ गते विनियोजन गर्ने भएको छ । कपन गाविसले यस वर्ष करिब २ करोड रुपैंयाको बजेट विनियोजन गर्न लागेको छ । गाउँ विकास समितिले करिब २ करोड रुपैंयाको बजेट विनियोजन गर्दा प्रशासनिक खर्च कटाएर बाँकी बजेटलाई आवश्यक्ताको आधारमा कपन विभिन्न वडामा विकास कार्यमा विनियोजन गरिनेछ । यस वर्षको बजेट पनि विगतको झैं सबैभन्दा बढि बाटोघाटोमा नै केन्द्रित रहे पनि अन्य विषयहरु पनि विनियोजित हुँदैछ । गत हप्ता कपन अनलाइनले आयोजना गरेको सार्वजनिक बहशमा गाविस सचिवलगायत सर्वदलीय समितिका राजनीतिक दलहरुले यस वर्षको बजेट केही भिन्न शीर्षकमा पनि विनियोजन हुन सक्ने जनाएका थिए । जसमा कपनमा बालमैत्री उद्यानलगायतका योजना रहेका छन् ।
कपन गाविसका वडा नं. १ र ३ बाहेकका अन्य वडाका वडा नागरिक मञ्चले आआफ्नो वडाको विकासका लागि विभिन्न शीर्षकमा बजेट माग गरेका थिए । कपनवासीद्वारा पनि स्वस्फूर्तरुपमा विभिन्न नाम तथा समिति बनाएर करोडौं रुपैंयाको बजेट माग गरिएको अवस्थामा गाविसले ककसलाई कुन कुन शीर्षकमा कति बजेट विनियोजन गर्छ त्यो भने २७ गते मात्र थाहा हुन सक्छ । गाविसले पौष २७ गते शनिवार कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा बजेट बाँडफाँडसम्बन्धि विशेष कार्यक्रम राखेको छ ।

तपाइँको प्रतिक्रिया ।