गाविसको बजेट विनियोजनमा कपन गाविससँग ठोस योजना छैन

DSC_0035कपन अनलाइ०७० पौष २५
धेरै जनसंख्या तथा असँख्य आवश्यक्ता भएको कपन गाविसमा हरेक वर्ष करोडको हाराहारीमा विकास बजेट बिनियोजन हुने गरेको छ । कपनवासीले आफ्ना आफ्ना क्षेत्रको आवश्यक्ता अनुसार माग गरेको बजेटलाई कपन गाविसले आफ्नो विवेकले बजेट बाँड्ने परम्परा बनाएको छ । गाविस आफैले कुनै निश्चित विषय तथा क्षेत्रको विकासका लागि भनेर बजेट विनियोजन गर्ने परम्परा कपनमा रहेको छैन । गाविसमा जनप्रतिनिधि हुँदा पनि कुनै निश्चित क्षेत्रको विकास लागि भनेर बजेट विनयोजन गर्ने नगरिएको अवस्थामा सचिवले गाविस अध्यक्षको भूमिका निभाउँदासमेत यसै किसिमको अवस्था यथावत् छ ।

DSC_0038
कपन गाविसको बजेट तथा यसको विनियोजन विषयमा गत हप्ता कपन अनलाइनले एक सार्वजनिक बहश कार्यक्रम आयोजना गर्यो । कपन गाविसका सचिव तथा गाविसमा सर्वदलीयको प्रतिनिधित्व गर्ने दलहरुका प्रमुखहरुले सार्वजनिक बहशमा भाग लिएका थिए । गाविसले कसरी बजेट बिनियोजन गर्ने विषयमा सहभागिहरु तथा कपन अनलाइनले गरेको प्रश्नमा गाविस सचिव तथा सर्वदलीय प्रतिनिधिहरुले जनताले मागेको बजेटलाई आवश्यक्ताका हेरेर बजेट विनियोजन गर्ने बताए । उनीहरुले यस वर्ष केही नयाँ तथा फरक विषयमा बजेट विनियोजन गर्ने योजना रहेको बताएका थिए । कपन ३ स्थित बालउद्धार माविको प्रांगणमा करिब २ घण्टा आयोजित कार्यक्रममा सहभागि करिब १५० सहभागिहरुको उत्तर गाविस सचिव साथै नेपाली कांग्रेसका विनोद चालिसे, एमालेका ध्रुवराज न्यौपाने, एमाओवादीका शिव बजगाइँ, बैद्य माओवादीका टीका नगरकोटीले दिएका थिए । करिब २ करोड रुपैंयाको बजेट विनियोजन गर्न लागेको कपन गाविसले जनताद्वारा मागिएका विभिन्न मागपत्र हेरेर आवश्यक्ता हेरी बजेट बाँडफाँड गर्ने योजन रहेको बताए पनि गाविसका तर्फबाट भने कुनै निश्चित योजना प्रस्तुत गर्न सकेनन् ।

तपाइँको प्रतिक्रिया ।