भेनस नेसनल कलेज गोकर्णेश्वर ८ को स्पोर्ट्स कार्निभल २०७६ शुरु

भेनस  नेसनल  कलेज गोकर्णेश्वर ८ को  स्पोर्ट्स कार्निभल २०७६ शुरु

कपन अनलाइन

काठमाडौँ,माघ २७। गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउमा संचालित भेनस नेसनल  कलेजको  खेलकुद सप्ताह आइतबार बाट शुरु भएको छ । भेनस स्पोर्ट्स कार्निभल नाम दिइएको  उक्त कार्यक्रमको  आइतबार कलेज प्राङ्गणमा उद्घाटन गरिएको थियो । बिभिन्न २२ वटा खेल समाबेश गरिएको सो खेलकुद कार्यक्रममा  प्ले नेपालका सुनिल श्रेष्ठको  सहयोगी भूमिका रहेको छ ।

भेनस कलेजको कक्षा ११ र १२ मा अध्ययनरत बिभिन्न फ्याकल्टीका बिद्यार्थीहरु सहभागीता  रहेको छ ।ओलम्पिकमा जस्तै  खेल सकिने बित्तिकै पुरस्कार वितरण गरिने  सो कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर प्याब्सन अध्यक्ष मदन सुवेदी, गोकर्णेश्वर नेसनल प्याब्सन अध्यक्ष मोहन अधिकारी,भेनसका   क्याम्पस चिफ कृष्ण  गौतम, भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहाल, बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक बिद्यार्थी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमाछिरी शेर्पाले गरेका थिए। कार्यक्रम संचालन भेनस कलेजका पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा भेनस कलेजका बिद्यार्थीहरुले मार्चपास र स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।कार्यक्रममा भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहालले स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रममा बिशेष अतिथिहरुले भेनस कार्निभल २०७६ लेखिएको बेलुन उडाएर औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रममा भेनस कलेजका क्याम्पस चिफ कृष्ण गौतमले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कलेजले औपचारिक शिक्षामा मात्र नभई खेलकुदलाई समेत प्राथमिकता दिएको बताए। उनले  खेलकुदले अनुशासित बन्न सहयोग गर्दै विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। उनले शैक्षिक क्रियाकलाप सँगै शारीरिक विकासका  लागि खेलकुद सप्ताह आयोजना गरिएको बताए। उनले भेनस कलेजले बिद्यार्थी केन्द्रित कार्यक्रमलाइ बिशेष प्राथमिकतामा राखेर बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउदै कलेज लेभलका बिद्यार्थी भित्र रहेको खेलकुदको रुचीलाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरिएको बताए।

 उनले हाललाई आन्तरिक खेलकुद गरिएको भन्दै भबिष्यमा अन्तर कलेज खेलकुदका कार्यक्रम पनि संचालन गर्ने बताए। बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्य सहित  क्याम्पसले यस्ता कार्यक्रमलाइ निरन्तरता दिने पनि बताए। स्तरीय र नियमित पठनपाठनका साथै विद्यार्थीको मानसिक र शारीरिक विकासका लागि कलेजले कुनै कसर बाँकी नराख्ने पनि बताए।

भेनस कलेजले एम टु एम मन्टेश्वरी देखि मास्टर्स सम्मको नीति लिए अनुरुप ब्याचलर लेभलको कक्षा संचालन गरिएको बताएका थिए । कलेजले कोरा रटन्ते र सैद्धान्तिक शिक्षामा नभई , वस्तुपरक, जीवन–अनुभवमा आधारित व्यावहारिक, नैतिक, रोजगारीमूलक, वैज्ञानिक र व्यावसायिक शिक्षामा जोड दिएको  बताएका थिए  । कलेजले विभिन्न विषयहरूमा नियमित कक्षाका साथै आवश्यकताअनुसार निःशुल्क अतिरिक्त कक्षाहरू समेत सञ्चालन गर्दै आएको  समेत बताएका थिए।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर प्याब्सन अध्यक्ष मदन सुवेदीले खेलकुद कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।उनले भेनस कलेजले छोटो समयमा नै चर्चा कमाएको बताउदै  भेनस कलेज  शैक्षिक जगतमा  आफ्नो विशिष्ट र मौलिक पहिचान कायम गर्न सफल भएको पनि बताए  । विद्यार्थीको मानसिक, बौद्धिक र शारीरिक विकासमा अतिरिक्त क्रियाकलापले थप ऊर्जा प्रदान गर्ने पनि बताए उनले खेल सप्ताह सफलताको कामना गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिएका थिए।  उनले विद्यालयमा बालबालिकालाई पुस्तकमा मात्र सीमित राखेर गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने भन्दै विद्यार्थीको रुचिका क्षेत्रहरूमा विचार पुर्याएर अतिरिक्त क्रियाकलाप मार्फत  उनीहरूमा निहित अन्तर्मुखी प्रतिभालाई प्रस्फुटन गर्न पर्ने बताए। उनले  सबै बालबालिकामा सबै किसिमको वा एकै किसिमको रुचि र क्षमता नहने भएर विद्यार्थीका रुचिका क्षेत्र पहिल्याएर मार्गदर्शन गरिरहनु शिक्षक तथा अभिभावकको दायित्व  भएको पनि बताए।

उनले भेनस स्कुल कलेजले गर्ने बिभिन्न कार्यक्रममा आफु सहभागी भएको स्मरण गर्दै बिद्यार्थीहरुको रुची क्षमतालाइ प्रष्फुटन गर्नको लागि समय समयमा बिभिन्न कार्यक्रम  भेनस कलेज स्कुलले गरेकोमा कलेज परिवारलाइ धन्यबाद  दिएका थिए।  उनले अहिलेको युगमा पढेर जागीर  मात्र खाने होइन, स्वरोजगार तथा आत्मनिर्भर भई आफ्नै  खुट्टामा उभिन सक्नुपर्छ भन्दै  त्यसका लागि विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले उसको भावी जीवनलाई दिशानिर्देश गर्न सहयोग पुर्याउने बताउदै खेलकुद कार्यक्रमको सफलताको कामना गरेका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रमले बिद्यार्थीहरुको मनोबाल बढाउने हुँदा आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए । उनले असाधारण साहसिक सफलता प्राप्त गर्ने विश्वका  दश साहसीहरुका सूचिमा समाविष्ट नेपाली चेली मिरा राइ लगायतको उदाहरण दिदै खेलकुदको माध्यम बाट रास्ट्रको पहिचान अन्तर्राष्ट्रिय जगतमा फैलाउन सक्ने बताएका थिए ।

औपचारिक कार्यक्रमको  समापन संगै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले प्ले नेपालका सुनिल श्रेष्ठलाइ फुटबल र झण्डा हस्तान्तरण  सहित  भेनस कार्निभल २०७६को  शुभारम्भ गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।