सरकार संग एक माग (कविता)
कपन अनलाइन
काठमाडौं ,पौष २६ /सविता पोखरेल
सरकार !, मैले तिम्लाई बोलाएँ, तर तिमी टोलायौ ।
केही भन्न खोज्दैथें, न त तिमीले भेउ पायौ ।
परिस्थीती विचारी, बोलाउनु पर्दथ्र्यो ।
गल्ती मेरो पनि हो । लौ ! जे हुनु भै गयो ।
अब निक्कै समय बितीसके तापनि
भन्छु मन पखाल्छु, तिम्ले नसुन्ने भा’नी ।
धेरै काल अघिको कुरा हैन सरकार,
आज कै भावतरङ्ग मनमा आउछ बारम्बार
भन्दा रै’छन् सबैले मलाई केटी मानव
मन फाट्छ मेरो नि देख्छु अज्ञानता जब
माको साहस, पुत्र आश भई जन्मिएकी म
था’छ ? तिम्लाई सरकार कथा अन्त्य, आदीम
रट्ठपट्ठ व्यवहारीक हुन कैले जानीन
यो युगको आधुनिक कर्म उत्तम ठानिन
गाउले हुँ कि शहरीया ? ठिमाहा झै बाँच्नु छ ।
जो जस्तो छ, उसैसँ ताल मिलाई नाँच्नु छ ।
आधी जिवन गैसक्यो म नारी वा महिला
केटी अर्थात् तरुनी यसकै छ शिलशिला..
महिनावारी भा बेला जान हुन्न चुल्होमा
पु¥याएर अस्तित्व मुसो बस्ने दुल्होमा
नबुझेको हो कि खै ! बुझी बुझपचाको हो ।
कि भुकम्प ! यहि डरले बाहीरै राखी बचाको ?
कहिले आटा पछाडी, कहिले छाउपडितिर,
न बुझ्छु न बुझाउछन्, भ’का इष्ट र मित्र ।
तथ्यपरक उत्तर दिएनन् लौ! कसैले
अन्तरयुद्ध विचारको गरेँ शुरु आफैले ।
वाह! पुत्र क्या! गजब व्रतबन्ध गरेका
छुन हुन्न तिनलाई ति अमृतले भरेका
भन्दा भन्दै मैले यो तिम्रो कान खुलेमा
हे सरकार, एउटा माग राख्छु म, नभुलेमा ।
सयौं थुङ्गा फूलमा एउटा फूलको पत्र हँु ।
म धेरै केही नभई, एक व्यक्ति मात्र हुँ ।
प्रत्येक महिनाका केही दिन म अछुतो हुनेछु ।
पिर बिनाको पिडाले चिच्याउदै म रुनेछु ।
मैले छोए त्यो बेला पानी पनि चल्दैन ।
मेरो हातले त्यस वखत दियो बत्ति बल्दैन ।
ज्यादै निन्दा गरेझैँ, भान पर्छ, सरकार ।
नबुझेरै हो तर, अस्पष्ट म बारम्बार
किन यस्तो चलन ? प्रश्न मात्रै गुञ्जन्छ ।
उत्तर त्यसको सदैव, रहस्य मै रहन्छ ।
सायद मैले भन्नुमा केही अनुराग छ,
हो, सरकार तिमीसँ मेरो एउटा माग छ,
कि त संस्कार बुझाइदेऊ, कि हुँ अस्थायी दलीत ?
प्रष्ट मलाई गराईदेऊ, यत्ति माग छ म सित ।