मेरो प्रतिविम्ब (कविता)

मेरो प्रतिविम्ब (कविता)

कपन अनलाइन

काठमाडौं ,पौष २६ /केशवराज भट्ट ‘सागर’

आकाश भन्दा पनि बेसी फराकिला
सपनाहरू सजाए यो देशको अभिभारा
बोकेर निरन्तर हावामा उड्ने बादल
जसरी म हिडिरहे छु ।

कतै मेरो लागि फूल बिछ््याइएको थियो
म मखमली बाटोमा गुलाबी लक्ष्य लिएर
पाइला चाल्दै छु ।
कतै मेरो लागि काँच फोडेर बिछ््याइएको थियो !
म पुर्खाका काँडा टेके पनि क¥याम्म भाँचिने पैताला लिएर,
वेग मार्दै छु !

मेरो देशश्रृङ्गार्ने सपनाका
चुदरीहरु ओढेर अविराम
अघि बढ्दै गरेको
एक कर्तव्यनिष्ठ
युगिन युवक हु ।

प्रिया तिम्रो अँगालो भरीका
सपना पूरा गर्न त मेरो मन
नभएको कहा हो र !
तिम्रो घुम्टोभित्र सजिएका
कयौं रहरहरुलाई इतिहासको
गर्भमा लुकाएर म देशको लागि
हिँडिरहेको छु !
यत्ति सजिलो छ मलाई
किनकि तिमी बुझ्ने छौ ।
मेरो प्रिया तिमी बुझ्ने छौ ।

म एक धारमा आफ्नो जति छ,
त्यसैमा प्रफुल्ल मन बनाएर,
आकाश भन्दा चौडा हृदय लिएर
अडिक छु ।
र अडिक रहिरहने छु ।

अर्को तिरको एउटा लाछी
मेरो अंशलाई
कुल्चन हतारमा दौडिरहेको छ !
किनकि मैले यो कुरा
राम्रोसँग बुझेको छु ।
जसले अरुकोमा आँखा लगाउछ !
ऊ अपूर्ण र गरिब नै रहन्छ !
हो ऊ सधैँ,
अपूर्ण र गरिब नै रहन्छ !

(पाटन नगरपालिका–१०, बैतडी।)

तपाइँको प्रतिक्रिया ।