छैठौं तारेभीर महोत्सवको तयारी तिब्र गतिमा

छैठौं तारेभीर महोत्सवको तयारी तिब्र गतिमा

कपन अनलाइन

काठमाडौं,पौष २३। छैठौं तारेभीर महोत्सवको तयारी अहिले तीव्र गतिमा भैरहेको छ ।शिवपुरी पहाडको काखमा रहेको तारेभीर क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्य राखेर सुरु गरिएको यो महोत्सव  अघिल्ला वर्ष भन्दा  बिशेष कार्यक्रमका साथ मनाउने तयारी गरिए अनुरुप तयारी तिब्र पारिएको आयोजकहरुले बताएका छन ।काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको  उक्त ठाँउको धार्मीक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना हुदै आएको छ ।

 तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको हो ।छैठौ तारेभिर महोत्सबमा मा फुड स्टल समेत निशुल्क उपलब्ध गराइने भएको छ। उक्त महोत्सबमा फुडस्टल  राख्न इच्छुक  ब्यक्तिहरुले  पौष २९ गते भित्र महोत्सब स्थलमा उपस्थित भइ अग्रिम बुकिंग  गर्न समेत आयोजकले अनुरोध गरेका छन ।त्यसका लागि स्थानीय हरिबोल बिष्ट लाइ  (९८६९७३०७०२) मा सम्पर्क गरि अग्रिम बुकिंग गर्न सकीने छ ।

तारेभीर क्षेत्रको आर्थिक ,सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्धन गर्ने हेतुले सुरु गरिएको सो महोत्सव संचालन पश्चात सो क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको संख्यामा बृद्दि भैरहेको स्थानीयहरुको भनाइ रहेको  छ । हाल उक्त क्षेत्रमा होटेल तथा रिसोर्टहरु खोलिने क्रम पनि बढ्दै गइरहेको छ। स्थानीय सरकारको प्राथमिकतामा परेको यो महोत्सवले काठमाडौं उपत्यकाको उत्तरी भागको पहिचान स्थापित गर्न सफल हुने बिश्वास समेत आयोजकले लिएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना  गर्न लागिएको हो ।

विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवस समेत मनाउन थालिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिकालगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा प्रारम्भिक भेला गरी छलफल समेत गरिएको थियो। महोत्सवमा साहित्य सम्मेलन, तस्वीर प्रदर्शनी  स्थानीय उत्पादन, तामाङ समुदायको  खाना, सामान र भेषभूषा  सहितको झाँकी प्रदर्शनी गरिने भएको छ। भने स्थानीय उत्पादन लाइ समेत प्रदर्शन गरिने भएको छ ।

महोत्सव अघि नै गोकर्णबाट तारेभीर पुग्ने करिब १० किमी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । भूकम्पले क्षति पुगेको यो सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २९ करोड लागतमा निर्माण भइरहेको हो । बढी पानी आइरहने भिरालो स्थानमा ढलान गरी सडक पूर्वाधार निर्माण गर्न अनुरोध गरिएको वडा नं. ३ का अध्यक्ष राजेन्द्र भण्डारीले कपन अनलाइनलाइ बताएका छन् । उनले तारेभिर महोत्सबमा उपस्थित हुनको लागि सबैलाई अनुरोध गरेका छन।

https://www.facebook.com/rajendra.bhandari.33449/videos/943127672751494/?t=3

 

महोत्सव समापन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ।ऎतिहासिकता, सास्कृतिक विविधता, सभ्य, सम्पन्न तारेभिर युवाहरूको प्रतिबद्धता भन्ने नाराका साथ स्थानीय युवाहरु पनि महोत्सब सफल पार्नको लागि जुटेका छन् उनीहरुले दैनिक  सामुहिक छलफल सहित तयारीमा जुटेको सामाजिक अभियन्ता गोपाल श्रेष्ठले  कपन अनलाइनलाई बताए  ।

 स्थानीयले छैठौं तारेभिर महोत्सबको प्रचार प्रसार एबम भ्रमण वर्ष २०२० लाइ समेत टेवा पुग्ने विश्वासका साथ पौष २६ गते शनिबार बृहत मोटरसाइकल र्याली  समेत गर्ने भएका छन ।मोटरसाइकल र्यालीको लागी स्थानीय हरिबोल बिष्ट,लायन रामेश्वर बिष्ट, सन्तोष बिष्ट,  नबिन बिष्ट लगायतले सहकार्य गरिरहेका छन। उनीहरुले जोरपाटी चोक बाट १० बजे बाट  सुरु हुन लागेको सो मोटरसाइकल र्यालीमा सहभागी हुनेहरुलाई नेपालको राष्ट्रिय झण्डा र नेपाली टोपी को साथमा उपस्थित हुन पनि अनुरोध गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल र्याली र तारेभिर महोत्सवले सहयोग पुर्याउने  आयोजकको बिश्वास रहेको छ ।

त्यसै गरि तारेभिर महोत्सबकै पूर्वसन्ध्यामा अभिनव साहित्य समाजले  पौष  २९ गते तारेभीरमा नै  प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।उक्त प्रतियोगितामा  सहभागि हुन इच्छुक साहित्यिक प्रतिभावानहरूलाइ नाम अभिलेख गर्न पनि अभिनव साहित्य समाजका गोबिन्द घिमिरे बेदमणिले अनुरोध गरेका छन् । त्यसै गरि इन्टरनेट सेवा प्रदायक कम्पनि मेटालिंक संगको सहकार्यमा तारेभिरमा निशुल्क  वाई फाई सेवा समेत प्रदान गर्न लागिएको छ ।

तारेभीर काठमाडौं उपत्यकाको उत्तरी शिर हो ।शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज क्षेत्रमा रहेको तारेभीर प्राकृतिक रुपमा सुन्दर त् छ नै यस क्षेत्र साइकलिंग , पदयात्रा र अन्य साहसिक खेलको सम्भावना प्रचुर रहेको छ ।यस क्षेत्रमा पर्यटकीय उद्योगको विस्तारका लागि बिभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।