बुढानिलकण्ठ नगरपालिकाले ह्यान्डबल मैदानमा खेलकुद कम्प्लेक्स निर्माण गर्ने

बुढानिलकण्ठ नगरपालिकाले ह्यान्डबल मैदानमा खेलकुद कम्प्लेक्स निर्माण गर्ने

कपन अनलाइन 

काठमाडौं ,पौष २३।

बुढानिलकण्ठ नगरपालिकाले वडा नं १० को ह्यान्डबल खेल मैदान क्षेत्रमा विभिन्न खेलकुदका मैदान सहित खेलकुद कम्प्लेक्स निर्माण गर्ने भएको छ ।

यहि सन्दर्भमा नगरपालिकाले एक कार्यक्रम आयोजना गरेर यस विषयमा प्रस्तुतीकरण दिदै सरोकारवाला संग छलफल गरेको छ ।

सो स्थानमा रहेको सार्वजनिक जमिनमा अन्तरास्ट्रिय स्तरको ह्यान्डबल खे;ल मैदान , भलिबल र बास्केटबल कोर्ट सहित अन्य संरचना निर्माणको प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो ।

करिव १२ करोडको लागतमा निर्माण हुने विभिन्न संरचनाका वारेमा प्रस्तुतीकरण गरिएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले उक्त स्थानमा निर्माण गरिने महत्वपूर्ण संरचनाका लागि नगरपालिकाले लगानी गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए ।

सो स्थानमा निर्माण हुने संरचनाका लागि ठुलो रकम लाग्ने र त्यसको व्यवस्थापन कसरि गर्ने?भन्ने नेपाल ह्यान्डबल संघका बरिस्ट उपाध्यक्ष रामकृष्ण केसीको प्रश्नमा नगर प्रमुख खरेलले निर्माणमा सक्रियता बढाउन आग्रह गर्दै पैसाको चिन्ता नलिन आग्रह गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ समेट्ने कपन क्षेत्रको महत्वपूर्ण भौतिक पूर्वाधारको रुपमा रहेको सो मैदान निर्माण तथा विकासका लागि धेरै समय पहिला देखि नै प्रयास भए पनि खासै देखिने प्रगति भएको थिएन ।

सो मैदान व्यवस्थापन तथा निर्माणका लागि भन्दै विभिन्न समितिहरु निर्माण गरिए पनि कुनै पनि समितिले ठोस योजना प्रस्तुत गर्न सकेका थिएनन ।

हाल प्रस्ताव गरिएको योजनामा खेल मैदानका साथमा प्याराफिट , भिआइपी प्याराफिटका साथमा अन्य आवस्यक संरचना निर्माण गरिने उल्लेख गरिएको छ ।

संरचना निर्माण गर्दा उक्त क्षेत्रको भौगोलिक संवेदनशिलता र अवस्थितिको वारेमा सचेत हुनु पर्ने छलफलमा सहभागीहरुको  सुझाव रहेको थियो भने हाल उक्त क्षेत्रमा निर्माण भएर पनि खासै उचित प्रयोगमा नआएका भौतिक संरचनाको व्यवस्थापनमा पनि ख्याल  गर्न उहिहरुले अनुरोध गरेका थिए ।

उक्त छलफल कार्यक्रममा नेपाल ह्यान्डबल संघका बरिस्ट उपाध्यक्ष राम कृष्ण केसी ., कोषाध्यक्ष मिठाराम अधिकारी .जिल्ला खेलकुद व्यवस्थापन समिति काठमाडौंका निवर्तमान अध्यक्ष धुर्वराज न्यौपाने ,उपाध्यक्ष बद्रि भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा १० का कार्यबाहक अध्यक्ष चन्द्रमान श्रेष्ठ ,नगरपालिकाका इन्जिनियर ,विभिन्न खेलकुदका खेलाडी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।