गरिमा विकास बैंकको मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न

गरिमा विकास बैंकको मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ,पुस २४ । गरिमा विकास बैंक लिमिटेडले  सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

मिति २०७६ पुस २३गते बुधबार उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्की ले गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत  गोविन्द प्रसाद ढकालले आधुनिक सुविधा सहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सेवा  प्राप्त गर्ने बताए ।

गरिमाविकास बैंकले काठमाण्डौं उपत्यका भित्र१० वटा शाखा सहित देशभर ९०शाखा, ५१ एटीएम र गरिमारेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।विकास बैंकले २०७६ पौष १३गतेसम्म३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोडकर्जा लगानी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।