झम्टिँदै बाज आयो !
कपन अनलाइन
काठमाडौं, पुस ४/ त्रिलोचनआचार्य/ कविता
१. हेर्थेँ उत्साहले त्यो टिलपिल चुचुरा, चम्किलो छैन आज
हेर्थेँ आकाशमा त्यो झलमल रबि खै, तेजिलो छैन आज
हेर्दा पाखा–पखेरा वन–पथ सबमा खिन्नता भाव छायो
हेर्दा टाढा नियाल्दै पर–क्षितिज–मुनी, झम्टिँदै बाजआयो ।
२. झर्ना झङ्कार भर्थे दिन–दिन जसरी, देख्छु झङ्कार छैन
पैmलेका ती गुराँसे रन–वन दिल यो तान्न नै चाहँदैन
साथी बोल्दैन हाँसीकन किन यसरी प्रेम–धारा विलायो ?
उड्थ्यो हाँस्दै परेवा सकस अब प¥यो, झम्टिँदै बाज आयो ।
३. हाँसो फुल्ने हजारौँ जन मन–मनमा, फुल्न खोज्दैछ राँको
आशाको दिव्य डोरी कमसल हुन गै, चुँड्न खोज्दैछ धागो
आमाको नै पछ्यौरीतिर नयन दिँदै, बेग आफ्नो बढायो
निर्धो देखेर पंक्षी अझ चुरिफुरिले, झम्टिँदै बाज आयो ।
४. चिन्नै छाड्यो सिमाना चरन मनपरी चोर्न पल्की सकेछ
अग्लो पर्खाल नाघ्दै घर पर जनको, फोर्न पल्की सकेछ
धक्का मा¥यो चिथो¥यो अघि–अघि जसरी सुस्त सुस्ता सतायो
त्यस्तै बिस्तारवादी लिपुतिर कसियो, झम्टिँदै बाज आयो ।
५. कैले मैमत्त बन्दै नुनतक नदिने भन्छ नाका थुनेर
कैले होस् भाइ सानो सहु सहु सहुलौ भन्छ माया बुनेर
ए ! यो कस्तो छिमेकी दिन–दिन यसले बैगुनी मार्ग धायो
दुख्दै गो देश मेरो, किनकि घरिघरी, झम्टिँदै बाज आयो ।
सुनगाभाटोल, कपन, काठमाडौँ