नेपाल भ्रमण वर्ष २०२० का लागि बुढानिलकण्ठ -टोखा पर्यटन प्रर्वद्धन समिति गठन

नेपाल भ्रमण वर्ष २०२० का लागि  बुढानिलकण्ठ -टोखा पर्यटन प्रर्वद्धन समिति गठन

कपन अनलाइन

काठमाडौं,पुस २। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको संयुक्तरुपमा “बुढानिलकण्ठ -टोखा पर्यटन प्रर्वद्धन समित” गठन गरिएको छ ।

३ नम्वर प्रदेश सांसद दिपक निरौलाको संयोजकत्वमा  विहिवार बुढानिलकण्ठ विद्यालयको सभाकक्षमा भएको भेला बाट  प्रदिप डंगोलको संयोजकत्वमा २२ सदस्यीय समितिको गठन गरिएको हो ।त्यस्तै उक्तभेलाले  १५ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ  ।

नवगठित समितिको सदस्यमा

राधेश्याम भण्डारी (बु.न.पा.६)

जया बराल (बु.न.पा-७)

प्रमोद खड्का (बु.न.पन-७)

दोर्जे तामाङ् (बु.न.पा-५)

दावा लामा (बु.न.पा-५)

राजु खड्का (बु.न.पा-४)

प्रभाकर धिताल (बु.न.पा-३)

मनोज श्रेष्ठ (बु.न.पा-३) रहेका छन् ।

यस्तै दिपक जोशी (टोखा न.पा-२)

राष्ट्रमान श्रेष्ठ (टोखा न.पा-२)

देवाराज डंगोल (टोखा न.पा-२)

समिर श्रेष्ठ टोखा (न.पा-२)

राधेश्याम श्रेष्ठ (टोखा न.पा-३)

प्रदिप पोखरेल (टोखा न.पा-३), विनोद सिलवाल (साईकल राईडर)

आशिष गुराँगाई (काठमाडौँ खबर)

पुण्यराज पुडासैनी  (कपन अनलाइन)

विकास तामाङ् (बुलकण्ठ सञ्चार गृह)

सुबिन्द्र श्रेष्ठ (न्युज अफ टोखा) रहेका छन् ।

त्यस्तै सो समितिको सल्लाहकारमा सुनिल शाक्य, बालकृष्ण श्रेष्ठ, केशव पाठक, अर्जुन पाण्डे, नर प्र.धिताल, के.पि. गौतम, टंक गौतम, खेम घिमिरे, नारायण भाई श्रेष्ठ, नारायण तिमिल्सिना, दिपक बानिया, सत्यनारायण डंगोल, रविन अधिकारी, होमनाथ आचार्य र मोदराज पाण्डे लगायत रहेका छन् ।

नवगठित कमिटिमा जनप्रतिनिधि, राजनैतिक ब्यक्तित्व, सञ्चारकर्मी स्थानीय, सञ्चार माध्यम, विद्यालय तथा पर्यटन व्यवसायीहरु लगायत बौद्धिक व्यक्तिहरु समेटिएको सांसद निरौलाले जानकारी दिएका थिए  ।

बुढानिलकण्ठ र टोखा  नगरपालिकाका  प्राकृतिक, धार्मिक, साँस्कृति तथा ऐतिहासिक सम्पदामा धनि स्थलभएकोले यसको प्रवर्द्धनका लागि स्थानीय सरोकार व्यवसायी तथा सञ्चार माध्यमसँग मिलेर दीगो पर्यटन विकास योजना अगाडि बढाउने यस समितिको मुख्य उद्देश्य रहेको सांसद निरौलाले जानकारी दिएका छन  ।

साथै नेपाल भ्रमण वर्ष  स्वागतार्थ पुष १६ गते (२०२० जनवरी १ तरिख)का दिन  वाकाथन हुने भएको छ । बुढानिलकण्ठ मन्दिर परिसरबाट शुरु भई टोखाको चण्डेश्वरी मन्दिर, सपनतीर्थ मन्दिर हुँदै साँस्कृतिक नगरी टोखाको भ्रमण पश्चात टपलाछिमा पुगेर सो पदयात्रा  समापन हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।