महिला हिंसा विरुद्ध १६ दिने अभियान
चन्द्रकला सुन्दास
वडा सदस्य
काठमाडौं महानगरपालिका–७, चावहिल
विषय प्रवेश:
लिङ्गका आधारमा महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा, अध्ययन स्थल, कर्मस्थल, परिवार तथा समाजको कुनै ठाउँमा घृणा गर्नु, कुटपिट गर्नु, यौन दुव्र्यवहार गर्नु, डर, त्रास, धम्की दिनु, पारिश्रमिक नदिनु वा कम दिनु, अश्लिल शब्द बोल्नु, अश्लिल व्यवाहार गर्नु आदि लैंगिक हिंसा हो । लैंगिक हिंसा सामाजिक समस्या हो र कुनै पनि राष्ट्रको दीगो विकासका लागि यस किसिमको लैंगिक हिंसा अन्त्य हुनु जरुरी छ ।
विश्वमै लैंङ्गिक हिंसाको तथ्याङ्क नियाल्दा झण्डै ७५५ लैंगिक हिंसाका समस्यामा महिला नै पीडित भएको देखिन्छ । अर्थात लैंगिक हिंसाको पर्याय नै महिला हिंसा बन्न पुगको छ । महिला हिंसा भन्नाले महिला भएके कारण महिला माथि हुने समाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक, मानसिक, शारीरिक तथा यौनजन्य रुपमा भोग्नु परेको हिंसालाई बुझिन्छ । विश्वमा कुनै पनि त्यस्तो देश नहोला जुन देशमा महिलाहरु हिंसामा नपरेका होऊन् । जसबाट हाम्रो देश र हाम्रो समाज पनि अछुतो रहन सकेको छैन । यही कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि महिला हिंसा विद्धको अभियान सञ्चालन भएको हो ।
“घर शान्ति नै विश्व शान्तिको आधार ः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज” भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर १० गतेबाट सुरु भएको छ । “लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारासहित नोभेम्वर २५ देखि डिसेम्बर १६ दिने अभियान भएको हो ।
१६ दिने अन्तर्राष्ट्रिय अभियानको पृष्ठभूमि
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाउने गरिन्छ । सर्वप्रथम सन् १९८१ नोभेम्वर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाइएको थियो । त्यतिबेला महिलामाथि हुने घेरेलु हिंसादेखि लिएर राजनीतिक बन्दी र राजनीतिक हिंसासम्मका बहसले स्थान पाएका थिए ।
नोेभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडि यसको एउटा छुट्टै इतिहास छ । डोमोनिकल गणराज्यका एकै परविारका ३ दिदीबहिनीको हत्यासँगै यसको प्रसङ्ग जोडिएको छ । एकै परिवारका ३ दिदीबहिनीहरु पेट्रिया, मिनर्भा र मारिया राजनीतिक कार्यकर्ता थिए । तत्कालीन तानाशाही त्रिजिलो सरकारको विपक्षमा अभियान चलाएका थिए । ती दिदीबहिनीलाई तत्कालीन सरकारले राजद्रोहको आरोप लगाएको थियो । एउटा सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेकोमा त्यो अगावै सरकारले उनीहरुलाई पक्राउ ग¥यो र पक्राउको ११ महिनापछि हत्या ग¥यो । ती तिन दिदीवहिनीको हत्यालाई महिलामाथि हुने हिंसाको रुपमा लिइयो र उनीरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको दिनलाइृ अन्तर्राष्ट्रिय स्तरमै महिला हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा मनाउन थालिएको हो ।
नेपालमा महिला हिंसा
नेपालमा जुनसुकै वर्ग, जातजाति, संस्कउति र राजनीतिमा संलग्न महिलाउपर महिला विरुद्धको हिंसा हुन गर्छ । नेपालमा विद्यामान सामाजिक, राजनीतिक, आर्थिक तथा साँस्कृतिक संस्कारका कारण महिला हिंसा भइरहेको छ । घरेलु हिंसा, बलत्कार, यौन दुव्र्यवहार मात्र महिला हिंसा नभई बालविवाह, बहुविवाह, बादी, देउकी, झुमा, छाउपडी, बोक्सी, दाइजो आदि जस्ता कुराहरुपनि महिला हिंसाकै रुप हुन् । महिला विरुद्ध हुने यस्ता हिंसाले कुने न कुनै रुपमा देशव्यापी जरो गाडेकै छ । जसले देशको सर्वाङ्गीण र दीगो विकासका लागि नकरात्मक असर पारिरहेको छ ।
नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान :
नेपालमा खासगरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९७ देखि मनाउन थालिएको हो । हाल विभिन्न रुपमा यो अभियान सञ्चालन गरिदै छ । महिला हिंसा रोकथामका लागि संघीय सरकारका मन्त्रालय तथा केन्द्रीय निकायहरु, प्रदेश सरकार ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह र त्यसका वडाहरु, सरोकारवाला निकाय, विभन्न सरकारी, गैरसरकारी संस्थाहरु अदि सबै आ–आफ्नो तरिकाबाट यो अभियानमा सक्रिय छन् । सन१९९७ देखि अभियान सञ्चालन भएकोमा सन् २००६ को अभियान महिला विरुद्ध हुने सबैखाले भेदभाव उन्मुलन सम्वन्धी संयुक्त राष्ट्र संघीय महासन्धी अनुमोदन गराउन सरकारको ध्यानाकर्षण गराउन केन्द्रित थियो भने सन् २००८ मा महिलामाथि हने घरेलु हिंसा नियनत्रण सम्वन्धी कानुन पारित गराउन अभियान केन्द्रित थियो । हाल महिला हिंसारहित समतामूलक समाज निर्माणमा अभियान केन्द्रित छ ।
१६ दिने अभियानको प्रभावः
सन् १९८१ देखि सुरु भएको अभियानले विश्वव्यापी रुपमा महिला हिंसाको विरुद्धमा सकरात्मक प्रभाव पारेको छ । नेपालमा पनि १९९७ देखि हालसम्म आइपुगदा महिला हिंसाको सम्बन्धमा व्यापक आवाजहरु उठेका छन् । यो अभियानले महिलामाथि हुने हिंसाको विरुद्ध आवाजहरु बुलन्द हुन थालेका छन् । कनै पनि हिंसा दबाएर राख्नहुदैन भन्ने चेतना बढ्दो छ । यसैको प्रभाव स्वरुप मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ तथा घरेलु हिंसा ऐन २०६६ पारित भएको छ । महिला हिंसाबाट पिडितलाई उद्धार तथा सहयोग गर्ने सरकारी निकाय तथा महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ र संस्थाको बीचको समन्वय बद्दो छ । पीडितलाई न्याय दिलाउने सवालमा पनि सरोकारवालाहरु सकरात्मक बेनका छन् । महिला हिंसाका घटनाहरु घट्दै गएका छन् ।
अन्त्यमा:
अबको समाज समतामूलक, न्यायपूर्ण र लैङ्गिक विभेदरहित बन्नुपर्छ । समाजबाट सबै खाले हिंसाको अन्त्य हुनुपर्छ । पीडितहरु न्यायका लागि लड्नु सक्ने र समुचित क्षतिपूर्ति र समूचित न्याय पाउनुपर्छ । धर्मको आवरणमा हुने विभिन्न हिंसा तथा पितृ सतात्मक समाजको कारण हुने सबे खाले विभेद र हिंसा अन्त्य भई समुन्नत, सुसंस्कृति र न्यायपूर्ण समाज निर्माण हुनुपर्छ तब मात्र समृद्ध नेपाल, सुखी नेपाली अभियान सार्थक र सफल हुनेछ ।