जगडोल भन्ज्याङ देखि दारेगौडा सम्मको सडक बिस्तारको लागि छलफल हुने

जगडोल भन्ज्याङ देखि दारेगौडा सम्मको सडक बिस्तारको लागि छलफल हुने

कपन अनलाइन

काठमाडौं, मंसिर २५ । जगडोल भन्ज्याङ देखि दारेगौडा सम्मको सडक चौडा गर्न गोकर्णेश्वर नगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकामा नगरप्रमुखहरु दुवैले आवश्यक लगानी गर्न तयार भएको मौखिक सहमति दिएका छन।

तर यसको लागि स्थनीय सरोकारवाला पक्षसंग छलफल गराएर आउनु भन्ने जानकारी आएको हुँदा उक्त सडकको सम्बन्धमा सरोकारवालाहरु बीच आपसी छलफल गर्नु पर्ने भएकोले मिति २०७६ मंसिर २८ गते शनिबार बिहान ७ : ३० बजे जनजागृति मा.बि परिसरमा उपस्थिति हुन् समबन्धित सबै सरोकारवालालाई सुगम वेलफेयर सोसाइटी जगडोलले  अनुरोध गरेको छ।

यो छलफल प्रारम्भिक भएको हुनाले समबन्धित वडाका वडा अध्यक्ष र जो जसको  घर  तथा जमिन सडकमा पर्न सक्छ उनीहरुलाई मात्र समावेश गरिने कुरा यसै सूचना मार्फत जानकारी गराएको छ । सो छलफल सुगम वेलफेयर सोसाइटीको संयोजत्वमा  हुने भएको हो ।

तपाइँको प्रतिक्रिया ।